.....Loading

लोक सेवा गाइड

लोक सेवा गाइड Career Counseling Center द्वारा संचालन गरिएको एक जानकारीमूलक वेवसाइट हो । यसको अबधारणा बिकास देखि हालको अबस्थासम्म ल्याइपुर्‍याउनमा निजामती सेवाका बिज्ञहरुको राय,सुझाव र सल्लाहको अहं भूमीका रहेको छ ।

अरु थप जानकारीको लागि एसमा क्लिक गर्नुस

Member Login

Lost your password?

Not a member yet? Sign Up!

Lok Sewa Guide
NOTICE
विभिन्न सेवाका राजपत्र अनंकित प्रथम श्रेणी, नायब सुब्बा वा साे सरह (अप्राविधिक) पदहरुको वढुवा सूचनाका साथै खुला र समावेशी प्रतियोगिताको विज्ञापन । कृपया विज्ञापन डाउनलोड गर्नका लागि तलको लिंकमा क्लिक गर्नुहोला (२०७३।०९।२७) http://www.loksewaguide.com/downloads.html  विभिन्न सेवाका राजपत्र अनंकित प्रथम श्रेणी, नायब सुब्बा वा साे सरह (अप्राविधिक) पदहरुको वढुवा सूचनाका साथै खुला र समावेशी प्रतियोगिताको विज्ञापन   

About us

लोक सेवा गाइड Career Counseling Center Pvt Ltd द्वारा संचालन गरिएको एक जानकारीमूलक वेवसाइट हो ।यसको अवधारणा बिकासदेखि हालको अवस्थासम्म ल्याइपुर्‍याउनमा निजामती सेवाका बिज्ञहरुको राय, सुझाव र सल्लाहको अहं भूमीका रहेको छ । निजामती सेवा, अन्य सरकारी तथा गैह्र सरकारी सेवाको अनुभव प्राप्त गरी बिभिन्न क्षेत्रहरु, जस्तो पुस्तक लेखन, सम्पादन, बिभिन्न कलेज तथा कोचिङ सेन्टरमा अध्यापन जस्ता क्षेत्रमा कार्यरत रहनु भएका बिज्ञहरु कुनै न कुनै भूमिकामा हामीसंगै हुनुहुन्छ । उहाँहरुको बिज्ञतालाई पाठकहरुको आवश्यकतासंग जोड्ने पुलको रुपमा Career Counseling Center ले कार्य गरेको छ ।

Career Counseling Center Pvt Ltd कम्पनि रजिष्टारको कार्यालय, त्रिपुरेश्वरमा बिधिबत रुपमा दर्ता भएको वृत्ती बिकासका बिभिन्न क्षेत्रमा काम गर्ने एक व्यवसायिक कम्पनि हो । यसले www.loksewaguide.com तथा www.loksewaguide.com.np नामक वेभसाइट मार्फत यसका पाठकहरु समक्ष सामग्री पस्कने कार्य गर्दछ ।

Lok Sewa Guide का बिशेषताहरु :

- एकै स्थानमा धेरै सामग्रीको अद्वितीय संयोजन,
- जुनसुकै ठाउँबाट समेत सहज पहुँच,
- निरन्तर अद्यावधिक भैरहने,
- कुनै पनि तह वा विषयको पाठ्यक्रमको आधारमा नियमित बिषयबस्तुको सम्बोधन(क्रमिक र निरन्तर),
- निजामती सेवालाई क्षमतायुक्त बनाउन,सशक्तिकरण पछि मात्र समाबेशिकरणको उपाय पत्तालगाउन अत्यन्तै उपयोगी,
- र्सार्वजनिक सेवामा आकर्षित युवा पुस्ताका लागि कुशल पथप्रदर्शक

 Our Vision
आधुनिक प्रबिधिको प्रयोग र परिचालन गरी क्षमतावान जनशक्तिको उत्पादन, मार्फत स्वावलम्बि,समाबेशी र समुन्नत प्रशासन संयन्त्र  निर्माण गर्नमा सरकारी स‌ंयन्त्रलाई समेत सहयोग गर्न सक्ने नेपालकै अग्रणी संस्थाको रुपमा कार्य गर्ने ।

Our Mission
बर्तमान युवा पुस्तालाई प्रबिधि मैत्रि तरिकाले सूचना पुर्‍याई राज्यको शासकिय प्रणालीमा सहभागि हुन सहयोग गर्ने,स्वनिर्भरताका लागि सहयोग गर्ने,सरकारी सेवा प्रतिको आकर्षण बढाइ कुना कुनामा रहेका क्षमतावान प्रतिभालाई राज्यको मूलधारमा ल्याउन सक्ने ब्यवसायिक संस्थाको रुपमा कम्पनीलाई बिकास गर्ने । 

Our Objectives

-लोक सेवा आयोगबाट बिभिन्न तहका लागि संचालन गरिने परीक्षाका लागि आवश्यक सामग्री उपलब्ध गराउनु ।

-सार्वजनिक प्रशासनको क्षेत्रमा प्रयोग भएका नबिनतम अवधारणाको बारेमा परीक्षार्थीहरुलाई जानकारी गराउनु ।

-लोक सेवा आयोगको परीक्षामा सामेल हुन इच्छुक तर सूचनाको पहुँचबाट टाढा रहेका परीक्षार्थिहरुका लागि Access उपलब्ध गराउनु।

-परीक्षार्थिलाई प्रबिधिमैत्री बनाउनु ।

-आधुनिक युवापुस्तालाई प्रबिधिप्रति आकर्षित गर्नु ।

-विषय विशेषज्ञ तथा सार्वजनिक प्रशासनको क्षेत्रमा अध्यायन अनुसन्धानकर्ता आदिलाई अन्तरक्रिया गर्न सक्ने साझा थलो उपलब्ध गराउनु ।

-बिज्ञहरुलाई पढ्न,लेख्न र संचार गर्नका लागि प्रोत्साहन गर्नु ।

-ज्ञानमा आधारित समाज र ज्ञानमा आधारित उद्यमशिलताको विकास गर्नु ।