Notice

Loksewa Updates

महत्वपूर्ण सामान्य ज्ञान

दसौं औद्योगिक गणना

 केन्द्रीय तथ्यांक विभागले २०७१ असार १८मा सार्वजनिक गरेको औद्योगिक गणना २०६९ अनुसार मुख्य जानकारिहरु
-    रुपन्देही नेपालको सबैभन्दा बढी उद्योग प्रतिष्ठान भएको जिल्ला भएको छ। यो जिल्लामा तीन सय २० वटा उद्योग छन । रुपन्देहीपछि दोस्रो धेरै उद्योग भएको जिल्ला काठमाडौं हो ,काठमाडौंमा तीन सय १८ उद्योग प्रतिष्ठान छन् ।
-    औद्योगिक गणना २०६९ मा ६ वटा जिल्लामा दुई सयभन्दा बढी उद्योग प्रतिष्ठान रहेको उल्लेख छ। दुई सयभन्दा बढी उद्योग प्रतिष्ठान रहेका जिल्लामा रुपन्देही, काठमाडौं, मोरङ, सुनसरी, पर्सा र बारा छन्। कुल उद्योग प्रतिष्ठानमध्ये २३ जिल्लामा मात्रै ८८ प्रतिशत उद्योग प्रतिष्ठान छन् भने ११ जिल्लामा कुनै उद्योग प्रतिष्ठान छैन ।
-    २०६४ सालको नवौं औद्योगिक गणनामा ६७ जिल्लामा उद्योग प्रतिष्ठान रहेकोमा बितेका पाँच वर्षमा उद्योग प्रतिष्ठान ६४ जिल्लामा मात्र सीमित रहेको पाइएको छ ।
-    तथ्यांक विभागले देशभरिका १० वा त्यसभन्दा बढी कामदार भएका उद्योग प्रतिष्ठानको तथ्यांक संकलन गरी औद्योगिक गणना गरेको हो ।
-    दसौं गणनाले २०६४ सालको नवौं गणनामा भन्दा १८ प्रतिशत बढी उद्योग सञ्चालनमा रहेको देखाएको छ। हाल देशभरिमा कुल चार हजार ७६ उद्योग सञ्चालनमा छन्। पाँच वर्ष अघि २०६४ सालमा तीन हजार चार सय ४६ उद्योग सञ्चालनमा थिए ।
-    कुल चार हजार ७६ उद्योग प्रतिष्ठानमा संलग्न कर्मचारीको संख्या नवौं गणनामा भन्दा करिब १५ प्रतिशतले बढेको प्रतिवेदनमा उल्लेख छ। उद्योग प्रतिष्ठानमा कार्यरत कर्मचारीको संख्या बढेर २०६९ सालमा दुई लाख चार हजार तीन सय ६० पुगेको छ ।
-   तलबी कर्मचारीको संख्या भने एक हजार ९४ लाख नौ सय ८९ मात्र छ। २०६४ सालको औद्योगिक गणनामा तीन हजार चार सय ४६ उद्योग प्रतिष्ठानमा एक लाख ७७ हजार पाँच सय ५० कर्मचारी कार्यरत थिए ।
-    गणनाका अनुसार यी उद्योग प्रतिष्ठानले प्रति कर्मचारी सात हजार २६ रुपैया मासिक तलब र सुविधामा खर्च गर्छन् ।
-   प्रमुख समस्या ऊर्जा र कच्चा पदाथर्को अभाव
 


Other Topics

S.N Title Description
1 बहुक्षेत्रीय पोषण योजना
2 Career News and Info भाद्र १५, २०७४
3 Career News and Info असार ११, २०७४
4 Career News and Info वैशाख ९, २०७५
5 पल्सर स्पोटर्स अवार्ड – २०७२
6 Career News and Info असार २१, २०७४
7 राष्ट्रिय प्रतिभा पुरस्कार २०७०
8 Career News and Info असार १८, २०७४
9 नेपालमा स्वास्थ्य विमा
10 लोकतन्त्रका विशेषताहरु
Please login to view more important topics.