Notice

Loksewa Updates

महत्वपूर्ण सामान्य ज्ञान

निरक्षरता उन्मूलन वर्ष घोषणा

-    सरकारले मुलुकबाट निरक्षरता उन्मूलन गर्ने उदेश्यले आगामी आर्थिक वर्ष (०७१/०७२) लाई निरक्षरता उन्मूलन वर्ष घोषणा गरेको छ ।
-    प्रधानमन्त्रीको अध्यक्षतामा बसेको राष्ट्रिय समस्या समाधान समितिको वैठकले आगामि वर्षलाई निरक्षरता उन्मूलन वर्षका रुपमा घोषणा गर्ने निर्णय गरेको हो ।
-    विगत सात वर्षमा साक्षरता अभियानको यो तेस्रो पटक नामाकरण गरिएको हो । सुरुमा वि.सं. २०६५ मा राष्ट्रिय साक्षरता अभियान सञ्चालन गरिएकोमा २०६९ मा अभियानको नाम परिवर्तन गरी साक्षरता नेपाल अभियान बनाइएको थियो भने यही शृंखलामा २०७१ मा निरक्षरता उन्मूलन वर्ष मनाइने भएको हो ।
-    १५ देखि ६० वर्ष उमेर समूहका निरक्षरलाई साक्षर बनाउने उदेश्यले सञ्चालन गरिएको यस अभियान अन्तर्गत आगामी आर्थिक वर्षमा १४ लाख ४७ हजार ३४३ जना निरक्षरलाई साक्षर बनाउने लक्ष्य छ ।
-    अन्तिम अभियानको रुपमा यस निरक्षरता उन्मूलन वर्षको समाप्तीपछि आगामी २०७२ को शुरुमा नेपाललाई पूर्ण साक्षर मुलुकको रुपमा घोषणा गर्ने उदेश्य राखिएको छ ।
-    नेपालले पनि ९५ प्रतिशत साक्षर भएकालाई पूर्ण साक्षरका रुपमा घोषणा गर्न पाइने अन्तराष्ट्रिय प्रचलनलाई स्वीकार गरेको छ ।


Other Topics

S.N Title Description
1 नयाँ नेपाल निर्माण कोष स्थापना
2 अनलाईन मार्फत कम्पनी दर्ता शुरु
3 एफएटीएफ को निगरानी सूचीबाट नेपाल हटेको
4 Career News and Info श्रावण २०, २०७४
5 आँधी नामाकरण समूह
6 Career News and Info जेठ ११, २०७४
7 ICC मा टेष्ट राष्ट्रको मान्यता पाउने राष्ट्रहरु
8 एउटा किताब साक्षरता अभियान –२०१५
9 राष्ट्रिय जनगणना २०६८/मातृभाषाका आधारमा जनसंख्या
10 Deemed Export भनेको के हो ?
Please login to view more important topics.