Wednesday 20th of January 2021
काठमाडौंको सैनिक मञ्च टुँडीखेलमा ३५ हजार मानिसको प्रयोग गरेर २०७१ भदौ ७ मा नेपाली राष्ट्रिय झन्डाको आकर्षक आकृति बनाइएको छ । नेपाली जो जहाँ जसरी भए पनि चन्द्र सूर्य अङ्कित झण्डामुनि सबै नेपाली एक हौं भन्ने भावनालाई स्थापित गराउने तथा विश्व रेकर्ड कायम गर्ने उद्देश्यले “शान्ति र समृद्धिका लागि मानव मूल्य” नामक संस्थाले कागजको प्लेकार्ड बोकेका ३५ हजार ९ सय ७ जना मानिस उपस्थित गराएर नेपालको झण्डाको आकृति बनाएको हो ।
मानिसलाई मिलाएर, एकजना मानिसले १८ इन्च लम्बाइ र २५ इन्च चौडाइको प्लेकार्ड बोकेर १ सय २८ मिटर चौडाइ र १ सय ६८ मिटर लम्बाइको आकारको झन्डा बनाइएको हो ।त्यहाँ निर्माण गरिएको झण्डालाई हेलिकप्टरमार्फत दृश्यमा कैद गरिएको थियो ।
यसअघि १५ फेब्रअरी सन् २०१४ मा पाकिस्तानले २८ हजार ९ सय ५७ मानिस उपस्थित गराई झण्डा बनाएर विश्व रेकर्ड कायम गरेको थियो ।
S.N | Title | Description |
---|---|---|
1 | सासेक सूचना राजमार्ग आयोजना | |
2 | सम्पत्ति शुद्धिकरण बिभाग गठन | |
3 | साहित्यकार पूर्ण प्रकाश 'यात्री' नेपालका कृतिहरु | |
4 | Career News and Info जेठ ४, २०७४ | |
5 | चुरे वातावरण संरक्षण क्षेत्र घोषणा | |
6 | Career News and Info असार ५, २०७४ | |
7 | Career News and Info भाद्र ११, २०७४ | |
8 | कवि सुमनलाई सार्क लिटेररी अवार्ड प्रदान | |
9 | सगरमाथा हिरक महोत्सव | |
10 | राष्ट्रिय प्रतिभा पुरस्कार २०७० | |
Please login to view more important topics. |