Notice

Loksewa Updates

महत्वपूर्ण सामान्य ज्ञान

कार्वन व्यापार

कार्वन व्यापार एक यस्तो तरिका/पद्धति हो जसअन्तर्गत जनता, कम्पनी वा देशलाई कार्बनको निश्चित मूल्य दिई व्यापार गर्न अनुमति दिइन्छ । धेरै कार्वन उत्सर्जकले उत्सर्जन गर्न पाउने भन्दा बढी उत्सर्जन गर्न पाउने भन्दा बढी उत्सर्जन गरेकोे कार्वनको मात्रा बराबर कार्वन घटाउने योगदान गर्नेलाई प्रदान गरिने आर्थिक प्रोत्साहन (Economic Incentive) लाई नै कार्वन व्यापार भनिन्छ । प्राथमिकता प्राप्त (सामान्यत सरकार) ले एक प्रदुशकले कति परिमाण / आकारमा प्रदुषण गर्ने अधिकार प्राप्त गर्ने हो सो परिमाण / आकार वापतको रकम प्राधिकार प्राप्त निकायले तोकिदिएको व्यक्ति, निकाय वा राष्ट्रलाई तिर्नुपर्ने व्यवस्था नै कार्वन व्यापार हो । अर्थात कार्वन उत्सर्जकले उत्सर्जन गरेको वा गर्ने कार्वनको मात्रा अनुसार प्राधिकार प्राप्त निकायले तोकिदिएको व्यक्ति, निकाय, राष्ट्रलाई तिर्नुपर्ने आर्थिक सुविधालाई कार्वन व्यापार (Carbon Trade) भनिन्छ । धेरै कार्वन उत्सर्जन गर्नेले थोरै कार्बन उत्सर्जन गर्ने वा उत्सर्जन नगर्ने व्यक्ति, निकाय वा राष्ट्रलाई तिर्नुपर्ने हुन्छ । यसको मतलव त कसले कार्वन उत्सर्जन कम भन्दा कम गरी समाजलाई यसको नकारात्मक प्रभाव नपार्ने भन्ने नै हो ।


Other Topics

S.N Title Description
1 बाँके जिल्लाको गनापुर गा.वि.स मा खुला कारागार
2 एकल कोष खाता प्रणाली (TSA)
3 Career News and Info चैत्र ७, २०७३
4 सञ्चित कोष
5 पञ्चकन्यामा को को पर्दछन् ?
6 नेपाल प्रज्ञा प्रतिष्ठानका पुरस्कारहरु
7 विग ब्याङ्ग सिद्दान्त भनेको के हो ?
8 आ.व. ०७४/७५ को बजेटका राजस्व नीतिका उद्देश्यहरु
9 युरेनियम
10 नयाँ नेपाल निर्माण कोष स्थापना
Please login to view more important topics.