Loksewa Updates

महत्वपूर्ण सामान्य ज्ञान

होम स्टे (Home Stay) भनेको के हो ?

आफु बसिरहेको घर / कोठामा नै पर्यटकका लागि खाने वस्ने व्यवस्था मिलाई उनीहरूलाई सेवा–सुविधा पुर्‍याउने गतिविधि नै होमस्टे हो । अर्को शब्दमा आवास, खाना र अन्य सेवा प्रदान गर्ने उद्देश्यले आफ्नो घर वा समूदायमा निजी वा सामूदायिक रूपमा संचालन गरी सेवा प्रदान गर्ने पर्यटन व्यवसायलाई होमस्टे भनिन्छ । होमस्टे संचालन कार्यविधि, २०६७ अनुसार होम स्टेलाई २ प्रकारमा वर्गीकरण गर्न सकिन्छ ।
१) निजी होमस्टे
ग्रामीण वा शहरी पर्यटकीय क्षेत्रमा कुनै व्यक्तिले आफ्नै घरमा स्व–व्यवस्थापनमा संचालन गरेको होमस्टे ।
२) सामूदायिक होमस्टे
अगल–अलग स्वामित्वका कम्तिमा ५ वटा घर धनीले सामूदायिक व्यवस्थापनमा संचालन गरेको होमस्टे । यसरी संचालन गरिने होमस्टे पर्यटकीय दृष्टिले महत्वपूर्ण, प्राकृतिक तथा साँस्कृतिक विविधतायुक्त, जैविक विविधताले पूर्ण तथा अर्गानिक उत्पादनले प्रसिद्ध, प्रदुषणमुक्त र रमणीय स्थल हुनुपर्छ । होमस्टे संचालनका लागि घर, कोठा, शैया, पर्यटकको स्वास्थ्य, सरसफाई र सुरक्षामा समेत विशेष ध्यान दिनुपर्छ ।

Other Topics

S.N Title Description
1 १२ औं तेन्जिङ एभरेष्ट म्याराथनका प्रतियोगिता
2 Career News and Info अाश्विन ४, २०७४
3 आजको खबर – ७५
4 युसेप
5 Career News and Info वैशाख २०,२०७५
6 बिजनेस फर पिस अवार्ड २०१४
7 Career News and Info जेठ ११, २०७४
8 Career News and Info चैत्र ११, २०७३
9 Career News and Info भाद्र ३०, २०७४
10 Career News and Info चैत्र १, २०७३
Please login to view more important topics.