Sunday 17th of January 2021
महिला र किशोरी माथि हुने हिंसा विरूपद्धको अन्तर्राष्ट्रिय अभियान अमेरिकी लेखक, अभिनेत्री तथा अभियन्ता इभ एनस्लरले उनकै संस्था भिडे मार्फत सन् २०१३ Feb १४ का दिन सय करोड महिलाहरूलाई आफ्नो कार्यस्थलबाट उठ्न आह्वान एवं प्रवाह गरे बमोजिम शुरू भएकोले उनकै अवधारणामा आएको भन्न सकिन्छ। महिला तथा किशोरी माथि हुने हिंसा दक्षिण एशियाबाटै अन्त गर्न सन् २०१२ सेप्टेम्बर २३ देखि “उर्लदो सय करोड” अभियान नेपाल लगायत दक्षिण एशियाका धेरै मुलुकहरूमा एकैसाथ शुरूप भएको छ । बंगलादेशमा भने सेप्टेम्बर १३ देखि नै यो अभियान शुरूप भएको हो । “भो ! अब अति भो हिंसा अन्त्य गरौं” भन्ने नारा सहित यो अभियान शुरूप भएको हो । अभियानका आयोजकका अनुसार विश्वका सय करोड भन्दा बढी महिला यस्तो हिंसाबाट प्रताडित रहेकाले यस्तो अभियान थालिएको हो । अभियान सफल बनाउन महिला हिंसा बिरूद्धको अभियानकी दक्षिण एशियाकी संयोजक कमला भासिनलाई महिला अधिकारकर्मी डा. मीना आर्चायले दोसल्ला ओढाएर सम्मान गर्नुका साथै उद्घाटन कार्यक्रममै मितो मेमोरियल अवार्ड विजेताहरूको नाम समेत घोषणा गरिएको थियो । अभियान सफल पार्न सन् २०१३ को फेब्रुअरी १४ तारिखका दिन विश्वका १६० भन्दा बढी मुलुकका सय करोड महिला, पुरूपष र बालबालिका सडकमा आएर विश्वभरका अभियानकर्तासँग ऐक्यबद्ध भई महिला हिंसाको विरोध गरी नाच्ने र उर्लने भएका छन् । स्मरणका लागि नेपालले सन् २०१० लाई लैङ्गिक हिंसा विरूपद्धको वर्षका रूपमा मनाउनुका साथै सन् २०१० मै प्रधानमन्त्री कार्यालयमा महिला डेस्क समेत राखेको छ ।
S.N | Title | Description |
---|---|---|
1 | आर्थिक कुटनीति भनेको के हो ? | |
2 | Career News and Info वैशाख १०, २०७५ | |
3 | औद्योगिक गणना २०६९ | |
4 | विमस्टेकको तेस्रो शिखर सम्मेलन | |
5 | राजस्व प्रशासन | |
6 | नागरिक समाज परिचय | |
7 | Career News and Info चैत्र २२, २०७३ | |
8 | Career News and Info जेठ ७, २०७४ | |
9 | Career News and Info श्रावण ३०, २०७४ | |
10 | सम्पत्ति शुद्धिकरण बिभाग गठन | |
Please login to view more important topics. |