Notice

रियो प्लस सम्मेलन

सन् २०१२ को जुन २० देखि २२ सम्म ब्राजिलको रियो दि जेनेरियो शहरमा चलेको संयुक्त राष्ट्र संघीय दिगो विकास सम्बन्धी विश्व सम्मेलन विश्वमा गरिवी निवारण र वातावरणीय सन्तुलनमा जोड दिंदै सम्पन्न भएको तथा विश्वका १८८ भन्दा बढी देशका सरकार तथा राज्य प्रमुखका साथै उच्चस्तरीय प्रतिनिधि मण्डल, सांसदहरू, मेयरहरू, राष्ट्रसंघका अधिकारीहरू, नागरिक समाजका अगुवाहरूको समेतका ४० हजार भन्दा बढी व्यक्तिहरूको सहभागिता रहेको ३ दिने यस सम्मेलनले विश्वका १ अर्ब जनता अझैपनि गरिवीको रेखामुनि रहेर बाँच्न बाध्य भएकाले उनीहरूलाई गरिबीबाट मुक्त गर्नुपर्नेमा जोड दिएको छ । गरिबी र भोकबाट मानवलाई मुक्त गर्ने प्रतिबद्धता समेटिएको “हामीलाई चाहेको भविष्य” नामको ४९ पृष्ठको दस्तावेज दिगो विकास लक्ष्यलाई सन् २०१५ पछि विश्वव्यापी विकास एजेण्डासँग समाहित गरिने कुरा उल्लेख गरिएको छ । 


Other Topics

S.N Title Description
1 Career News and Info श्रावण १७, २०७४
2 व्रोकर मोडुल भनेको के हो ?
3 विद्युतिय हाजिरी
4 आजको खबर–१७
5 नेपालका हिमालहरू
6 आ.व. ०७४/७५ को बजेटका राजस्व नीतिका उद्देश्यहरु
7 Career News and Info वैशाख १६, २०७५
8 नेपालको परराष्ट्र नीतिका सिद्धान्तहरु
9 सम्पत्ति शुद्धिकरण बिभाग गठन
10 घोडे जात्राको बारेमा जानकारी
Please login to view more important topics.