Notice

डा रामशरण महत विश्वकै उत्कृष्ट अर्थमन्त्री

 पूर्वअर्थमन्त्री रामशरण महत विश्वकै उत्कृष्ट अर्थमन्त्री छानिएका छन् । बेलायती पत्रिका द बैंकरले हरेक बर्ष सार्वजनिक गर्ने सूचिमा महत विश्व र एसिया प्रशान्त दुवै तर्फबाट उत्कृष्ट अर्थमन्त्री छानिएका हुन । गत बर्षको भूकम्प लगत्तैको उद्धार र त्यसपछि अन्तर्राष्ट्रिय सहायता ल्याउन महतले गरेको कामले उनी एसिया प्रसान्त क्षेत्र र विश्वभरिकै उत्कृष्ट अर्थमन्त्री छानिएका हुन्,’ द बैंकरले उनी उत्कृट हुनुको कारण खुलाएको छ ।


बैंकरका अनुसार उसले हरेक बर्षको जनवरी अंकमा उत्कृष्ट अर्थमन्त्री सार्वजनिक गर्ने गरेको छ । यसअघि हाल भारतका राष्ट्रपति प्रणव मुखर्जी अर्थमन्त्री छँदा एसिया प्रशान्त क्षेत्रमा उत्कृष्ट अर्थमन्त्री छानिएका थिए । यसपटक महत भने दुवै तर्फ उत्कृष्ट छानिएका छन् ।

बैंकरले भूकम्पपछिको अवस्थामा पनि वृहत् आर्थिक परिसूचक सहि अवस्थामा राख्न सफल भएको पनि उल्लेख गरेको छ । भूकम्पपछिको उद्धार र स्रोत जुटाउने कामकै लागि महत उत्कष्ट भए पनि भुकम्पपिडितको पीडा भने कम हुन सकेको छैन । राजनीतिक खिचातानीले भूकम्प गएको ८ महिना पछि वल्ल पुनर्निर्माण प्राधिकरणको प्रमुख छानिएको छ ।

Source http://kantipur.ekantipur.com/news/2016-01-04/20160104172402.html


Other Topics

S.N Title Description
1 नयाँ नेपाल निर्माण कोष स्थापना
2 Career News and Info श्रावण १६, २०७४
3 Career News and Info वैशाख २४, २०७४
4 संगिना वैद्य १५ लाख रुपैयाँ सहित सम्मानित:
5 नेपाल सरकारले वितरण गर्ने मानपदविहरू
6 समावेशीकरण
7 दुई तिहाई बहुमतले पारित गर्नुपर्ने सन्धि/ सम्झौता
8 जैविक तथा वैयक्तिक पहिचान भनेको के हो ?
9 उन्नाइसौं विश्व एड्स सम्मेलन अमेरिकामा
10 थाड (THAAD) के हो ?
Please login to view more important topics.