Notice

Loksewa Updates

महत्वपूर्ण सामान्य ज्ञान

संविधानमा पहिलो संशोधन

नेपालको संबिधान २०७२ मा पहिलो पटक माघ ९ गते संशोधन पारित भएको छ । जस अनुसार २ बिषयमा संशोधन भएको छ । 
१) राज्यका निकायमा समानुपातिक समाबेशीताका आधारमा सहभागिता गराउने,
२) निर्वाचन क्षेत्र निर्धारण गर्ने कार्यमा जनसंख्याको अनुपातलाई प्रमुख भूमिका दिइने
 
१) राज्यका निकायमा समानुपातिक समाबेशीताका आधारमा सहभागिता गराउने,
संबिधानको धारा ४२ को उपधारा १मा रहेको सामाजिक न्याय सम्बन्धी हकलाई समानुपातिक बनाइएको छ । जस अनुसार 'आर्थिक, सामाजिक वा शैक्षिक दृष्टिले पछाडि परेका महिला, दलित, आदिवासी जनजाती, मधेसी, थारु, मुस्लिम, पिछडा वर्ग, अल्पसंख्यक, सीमान्तकृत, अपाङ्गगता भएका व्यक्ति, लैङ्गकि तथा यौनिक अल्पसंख्यक, किसान, श्रमिक, उत्पीडित वा पिछडिएका क्षेत्रका नागरिक तथा आर्थिक रुपले विपन्न खस आर्यलाई समानुपातिक समावेसी सिद्धान्तका आधारमा राज्यका निकायमा सहभागिताको हक हुनेछ ।'
यसअघि उक्त धारामा समानुपातिक शब्द थिएन । 
 
२) निर्वाचन क्षेत्र निर्धारण गर्ने कार्यमा जनसंख्याको अनुपातलाई प्रमुख भूमिका दिइने
संशोधन गरिएको दोस्रो धारा २८६ हो । संशोधन अनुसार उक्त धाराको उपधारा १ (५) मा  'निर्वाचन क्षेत्र निर्धारण आयोगले यस धारा बमोजिम निर्वाचन क्षेत्र निर्धारण गर्दा धारा ८४ को उपधारा १ को खण्ड (क) को अधीनमा रही प्रतिनिधित्वको लागि जनसंख्यालाई मुख्य र भूगोललाई दोस्रो आधार मानी संघीय कानुन बमोजिम प्रदेशमा निर्वाचन क्षेत्र निर्धारण गरिनेछ र प्रदेशभित्र रहेका प्रत्येक जिल्लामा कम्तीमा एक निर्वाचन क्षेत्र रहनेछ ।'
संशोधन अगाडी यस सम्बन्धमा संविधानमा रहेको 'जनसंख्या र भूगोललाई प्रतिनिधित्वको आधार मानि त्यस्तो निर्वाचन क्षेत्रको भूगोल, जनसंख्या र सदस्य संख्या बीचको अनुपात यथासम्भव समान हुने गरी निर्धारण गर्नेछ' भन्ने व्यवस्थाको सट्टा उक्त संशोधन भएको हो । 
 
तराइ मधेशमा आन्दोलनरत पक्षले उल्लेखित दुवै बिषयमा स‌ंशाेधनकाे माग राख्दै विभिन्न विरोध कार्यक्रम गर्दै आएका थिए । 
 

 


Other Topics

S.N Title Description
1 रेड र रेड प्लस
2 दसौं औद्योगिक गणना
3 आर्थिक विकासमा बिभिन्न क्षेत्रको भूमिका
4 नेपाल राजपत्रका भागहरु
5 आजको खबर – ७५
6 निजामती सेवा दिवस
7 Career News and Info असार ३, २०७४
8 प्रशिद्ध वैज्ञानिक लुई पास्चर (Louis Pasteur)
9 विश्वका केही देशहरुको नृत्यकला
10 आजको खबर – ११५
Please login to view more important topics.