Wednesday 3rd of March 2021
• भ्रष्टाचार विरुद्ध क्रियाशिल अन्तराष्ट्रिय संस्था ट्रान्सपरेन्सी इन्टरनेशनलले सन् २०१६ जनवरी २७ मा सार्वजनिक गरेको सि पी आइ (करप्शन परसेप्शन इन्डेक्स) रिपोर्ट अनुसार १६८ मुलुकको सुशासन प्रयास र भ्रष्टाचार नियन्त्रण सम्बन्धी कामहरुको सर्वेक्षण गरी तयार गरिएको प्रतिवेदनमा नेपाल १३० औं स्थानमा परेको छ । गतवर्ष नेपाल १२६ औं स्थानमा सूचीकृत भएकोमा यसपटक चार स्थान तल ओर्लिएर थप भ्रष्ट मुलुकको सूचीमा परेको हो ।
• सन् २०१२ मा १३९ औं स्थानमा रहेको नेपाल नेपाल सन् २०१३ मा केही सुधार भइ ११६ औं स्थानमा उक्लिएको थियो तर सन् २०१४ मा पुनः १० स्थान तल झर्दै १२६ औं स्थानमा पुगेको थियो ।
• सबैभन्दा धेरै भ्रष्टाचार हुने मुलुकको सूचीमा पहिलो नम्बरमा सोमालिया परेको छ भने सबैभन्दा कम भ्रष्टाचार हुने वा असल शासन भएको मुलुकको पहिलो स्थानमा युरोपेली मुलुक डेनमार्क परेको छ ।
• २७औं स्थानमा रहेको भुटान दक्षिण एसियाली मुलुकहरुमध्ये सबैभन्दा कम भ्रष्टाचार हुने मुलुकमा रहेको छ ।
‘ट्रान्सपरेन्सी इन्टरनेशनल’को प्रतिवेदन २०१५ अनुसार सवैभन्दा कम भ्रष्टाचार हुने पाँच मुलुकहरु :
सि.नं. | देशको नाम | स्थान |
१ | डेनमार्क | पहिलो |
२ | फिनल्याण्ड | दोस्रो |
३ | स्वीडेन | तेस्रो |
४ | न्यूजिल्याण्ड | चौथो |
५ | नेदरल्याण्ड | पाँचौ |