Notice

Loksewa Updates

महत्वपूर्ण सामान्य ज्ञान

राष्ट्रिय वन सर्वेक्षण २०१६ का प्रमुख नतिजाहरु ः

-नेपालमा वनले ५९ लाख ६२ हजार हेक्टर भू–भाग ओगटेको छ, जुन नेपालको कुल क्षेत्रफलको ४०.३६% हुन आउँछ । भने अन्य काष्ठ तथा बुट्यानक्षेत्र (Other Wooded Land) ६ लाख ४८ हजार हेक्टर (४.३८%) रहेको छ । 

-नेपालको कुल क्षेत्रफलमध्ये वनक्षेत्र र अन्य काष्ठ तथा बुट्यान क्षेत्र दुबैले गरी ४४.७४% भू– भाग ओगटेको छ । 

-कुल वन क्षेत्रफलमध्ये संरक्षित क्षेत्र भन्दा बाहिरको भागमा ४९ लाख २९ हजार हेक्टर (८२.६८ %) र संरक्षित क्षेत्रमा १० लाख ३३ हजार हेक्टर (१७.३२%) वन रहेको छ । 

-कुल वन क्षेत्रफलको ३७.८०% मध्यपहाडी भौगोलिक क्षेत्रमा, ३२.२५% उच्चपहाडी तथा उच्चहिमाली क्षेत्रमा, २३.०४% चुरे क्षेत्रमा र ६.९०% तराई क्षेत्रमा अवस्थित छ । यसैगरी अन्य काष्ठ तथा बुट्यानक्षेत्र मध्ये तराई, चुरे, मध्यपहाडी र उच्चपहाडी तथा उच्चहिमाली भौगोलिक क्षेत्रहरुमा क्रमशः १.४७%, ३.५०%, ९.६१%, र ८५.४२% रहेको छ । 

 


Other Topics

S.N Title Description
1 पुनर्स्थापित प्रतिनिधि सभाको ऐतिहासिक घोषणा
2 नेपाल सरकारको व्यवसाय दर्ता सम्बन्धी मापदण्ड–२०७०
3 Career News and Info अाश्विन २, २०७४
4 'फुड एक्सचेन्ज कार्यक्रम' के हो ?
5 जनस्वास्थ्य
6 आपूर्ति नीति, २०६९
7 ट्रान्सपरेन्सी इन्टरनेशनलकाे प्रतिबेदन२०१५मा नेपाल
8 हनि ट्रयापिङ्ग भनेको के हो ?
9 Career News and Info असार १, २०७४
10 नेपालमा रेलको इतिहास
Please login to view more important topics.