Notice

विश्व अस्थिर (फ्रेजाइल) मुलुक

– अमेरिकाको वासिङ्टनस्थित अनुसन्धान तथा शैक्षिक संस्था – शान्तिका लागि कोष (द फन्ड फर पिस)ले ‘द फरेन पोलिसी म्यागेजिन’का लागि अध्ययन गरी तयार पार्ने विश्व अस्थिर मुलुक २०१७ को सूचीमा ११३.९ अंक लिएर दक्षिणी सुडान सबैभन्दा बढी अस्थिर मुलुकको रुपमा सूचीकृत रहेको छ । उक्त सूची अनुसार फिनल्यान्ड १८.७ अंक ल्याएर कम अस्थिर (सबैभन्दा स्थिर) मुलुकको रुपमा १ सय ७८ औं स्थानमा रहेको छ । 
– अस्थिर राज्य सूचकांक (एफएसआई) २०१७ को सूचीमा नेपाल विश्वभरमै ३३ औं स्थानमा रहेको छ । नेपाल यो वर्ष पनि गत वर्षकै स्थानमा स्थीर रहेको हो भने सन् २०१५ मा नेपाल ३६ औं स्थानमा थियो । 
– नेपाल दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) को आठ मुलुकहरुमध्ये तेस्रो स्थानमा रहेको छ भने दक्षिण एसियामा अफगानिस्तान १०७.३ अंक ल्याई अस्थिरता सूचकको पहिलो स्थानमा रहेको छ । अफगानिस्तान विश्वभरको अस्थिर मुलुकहरुको सूचीमा भने गत वर्ष झैं यो वर्ष पनि नवौं स्थानमा रहेको छ । यस्तै दोस्रो स्थानमा पाकिस्तान, चौथोमा बंगलादेश, पाँचौंमा श्रीलंका, छैठौंमा भारत, सातौंमा भुटान र सार्क भित्रकै सबैभन्दा सबल मुलुक माल्दिभ्स देखिएको छ । यस सूचीमा हाम्रो छिमेकी मुलुक चीन ८५ औं स्थानमा रहेको छ ।
– यो सुची जनसांख्यिक दबाब (डीपी), शरणार्थी र आन्तरिक विस्थापित व्यक्ति (आरईएफ), समूह सिकायत (जीजी), श्रम तथा प्रतिभा पलायन (एचएफ), असमान आर्थिक विकास (युइडी), गरिबी तथा आर्थिक गिरावट (इसीओ), राज्य वैधता (एसएल), सार्वजनिक सेवा (पीएस), मानव अधिकार र कानूनी शासन (एचआर), सुरक्षा उपकरण (एसइसी), सम्पन्नहरको द्वन्द्व (फिक्सनलाइज्ड इलाइट्स–एफई), बाह्य हस्तक्षेप (ईएक्सटी)जस्ता १२ परिसूचकमा बाँडेर समग्र सूची निकाल्ने गरिन्छ । 
 
सार्कमा अस्थिरता सूचक 
मुलुक  श्रेणी  अंक
अफगानिस्तान १०७.३
पाकिस्तान १७ ९८.९
नेपाल ३३ ९१
बंगलादेश ३९ ८९.१
श्रीलंका ४७ ८६.६
भारत  ७२ ७७.९
भुटान ८३ ७६
माल्दिभ्स ८६ ७४.४

Other Topics

S.N Title Description
1 Career News and Info श्रावण ३०, २०७४
2 Career News and Info भाद्र २२, २०७४
3 विश्व नारी नेपाली साहित्य सम्मेलन
4 Career News and Info जेठ १४, २०७४
5 ICC मा टेष्ट राष्ट्रको मान्यता पाउने राष्ट्रहरु
6 नागरिक समाज परिचय
7 'फुड एक्सचेन्ज कार्यक्रम' के हो ?
8 सेल्फी अभियान
9 EVDO सेवा
10 मौलिक अधिकार/मानव अधिकारमा के फरक छ ?
Please login to view more important topics.