Friday 26th of February 2021
सुन किनिसकेपछि सम्बन्धि निकाय वा विक्रेताबाट भौतिक रुपमै सुन लिनुको सट्टा किनिएको सुनको मात्रा र गुणस्तर उल्लेख गरेर बनाइएको प्रमाणपत्रमात्र लिएर गरिने कारोबारलाई गोल्ड ईटीएफ (एक्सचेञ्ज ट्रेडिङ फण्ड) भनिन्छ । यो प्रमाणपत्र विभिन्न एक्सचेण्जमार्फत खरीद-विक्री गर्न सकिन्छ नेपालम गोल्ड ईटीएफको कारोवार एस डेभलपमेण्ट बैंङ्कबाट शुरु भएको हो । यसमा आजको बजार दरमा तपाईले बैङ्कबाट सुन किन्न सक्नुहुन्छ ।उक्त परिणाम र गुणस्तर उल्लेख गरेर बैङ्कले तपाईका नाममा प्रमाणपत्र दिन्छ । सुन बैङ्कमै राखेर तपाई प्रमाणपत्रमात्र लिएर घर जानुहुन्छ । यदि तपाईलाई सुन विक्रि गर्नु परेमा वा सुन नै लिनुपरेमा वा बैङ्कबाट ऋण लिनुपरेमा पुन: उक्त प्रमाणपत्र लिएर बैङ्कमा जान सक्नुहुन्छ । बैंकले सोही दिनको बजार दरमा तपाईको आवश्यकताअनुसार सुनको मूल्यबराबरको पैसा वा सुन वा सो प्रमाणपत्रलाई धितो मानेर ऋणसमेत यहाँलाई दिएर पठाउँछ । अन्तरराष्ट्रिय बजारमा यस्ता ईटीएफ विभिन्न एक्सचेञ्जमार्फत कारोवार हुने गर्छन् । यसरी सुन किन्दा लगानीकर्तालाई चोरी हुने डर हुँदैन भने चाहेको समयमा तत्काल नगदमा परिणत गर्न वा धितो राखेर ऋण पनि लिन सकिन्छ ।
S.N | Title | Description |
---|---|---|
1 | Career News and Info जेठ ३, २०७४ | |
2 | नेपालले मनायो मे २ मा सूचना तथा सञ्चार प्रविधि दिवस | |
3 | हेल्लो स्वास्थ्य | |
4 | राष्ट्रिय सुरक्षा परिषदको गठन | |
5 | २०१४ को विश्वकप फुटवलसम्ममा सर्वाधिक गोल गर्ने | |
6 | पूरक अनुमानको परिचय | |
7 | नेपाल पर्यटन वर्ष २०११ को बारेमा लेख्नुहोस् । | |
8 | सेभाक | |
9 | आठौं साफ च्याम्पियनसिप | |
10 | बायोमेट्रिक प्रणाली भनेको के हो ? | |
Please login to view more important topics. |