Notice

Loksewa Updates

महत्वपूर्ण सामान्य ज्ञान

गरिबलाई परिचय पत्र

गरिबलाई परिचय पत्र वितरण गरेर प्याकेज सुविधा उपलब्ध गराउन नेपाल सरकारको ‘गरिब परिवार पहिचान र परिचय पत्र वितरण व्यवस्थापन निर्देशिका’ वि.स. २०६९ भाद्र १८ गते पारित गरेको छ । गरिबी निवारण कोषका उपाध्यक्ष जनकराज जोशीको अध्यक्षतामा गठित निर्देशक समिति, केन्द्रीय तथ्याङ्क विभागका महानिर्देशकको संयोजकत्वमा गठित प्राविधिक समिति र एक अर्को कार्य समूहले सिफारिश गरेको आधारमा सरकारले स्वीकृत गरेको गरिब पहिचान निर्देशिकाले गरिबलाई तीन वर्गमा विभाजन गरेको छ । स्थलगत पहिचान गरी वितरण गरिने परिचय पत्र तीन किसिमका हुने भएका छन् । बाँडिने परिचय पत्रले तीन महिना मात्र खान पुग्ने-गरिब, ६ महिना मात्र खान पुग्ने-मध्यम गरिब र ९ महिना मात्र खान पुग्नेलाई- सामान्य गरिब गरी छुट्याउने छ । परिचय पत्र बाँड्ने काम २५/२५ जिल्ला गरी ३(तीन) चरणमा लागू हुने छ ।

प्रथम चरणमा २५ जिल्लामा लागू हुने जिल्लाका नाम यस प्रकार छन् :–

अछाम, बझाङ्ग, कैलाली, जुम्ला, हुम्ला, मुगु, डोल्पा, कालीकोट, जाजरकोट, बर्दिया, रुकुम, रोल्पा, प्युठान, अर्घाखाँची, कपिलवस्तु, तनहुँ, बाग्लुङ्ग, गोरखा, रामेछाप, सिन्धुली, रौतहट, सिराहा, खोटाङ्ग र भोजपुर बाँकी ५० जिल्लामध्ये दोस्रो चरणमा २५ र तेस्रो चरणमा २५ गरी आगामी नौ महिनामा गरिबी पहिचान प्रमाणमत्र बाँडिसकिने कार्यक्रम रहेको छ ।

Other Topics

S.N Title Description
1 पल्सर स्पोटर्स अवार्ड – २०७२
2 हनि ट्रयापिङ्ग भनेको के हो ?
3 Bitcoin भनेको के हो ?
4 युरेनियम
5 Career News and Info वैशाख ४ , २०७४
6 जनस्वास्थ्य
7 Career News and Info असार ८, २०७४
8 भिट्याक्स के हो ?
9 Career News and Info श्रावण २९, २०७४
10 रेड र रेड प्लस
Please login to view more important topics.