Notice

Loksewa Updates

महत्वपूर्ण सामान्य ज्ञान

१६ औं असंलग्न राष्ट्रहरुको सम्मेलन इरानमा

विश्वयुद्धको धङधङी, शीतयुद्धको अभ्यास, र वार्सा तथा नेटोको धुर्वीकरणमा असहमत मुलुकहरुद्वारा स्थापित आन्दोलनको रुपमा जन्मेको असंलग्न राष्ट्रहरुको १६ औं शिखर सम्मेलन इरानको राजधानी तेहरानमा August -30, 2012 मा इरानी वरिष्ठ नेता आयतुल्लाह खामेनीको उद्घाटनबाट शुरु भयो । सार्वभौमिकता र अखण्डताको सम्मान, असंलग्नता, अनाक्रमण, सह-अस्तित्व र पारस्पारिक हित जस्ता पाँच बुँदा रहेको पञ्चशिलका सिद्धान्त स्थापित गराउने गरी इण्डोनेशियाको वाङडङ्ग बैठकबाट शुरु असंलग्न राष्ट्रहरुको सम्मेलनले निरन्तरता पाउँदै आएर भएको यो सोहौं शिखर सम्मेलन, इरानको आणविक उत्पादन र सिरियामा भएको शंकटका विषयमा विचार आदान -प्रदान गर्ने थलो वनेको थियो । सम्मेलनबाट जारी भएको इरान घोषणापत्र, एकातीर इरानको आणविक हतियार उत्पादन गर्न अधिकार स्थापित गराउने प्रयासमा केन्द्रीत छ भने अर्कोतर्फ अल्पविकशित राष्ट्रलाई गरिवी, रोग र डरबाट मुक्त गराउने कुरा समेत गरिएको छ । १२० सदस्य राष्ट्र, १७ पर्यवेक्षक र १० वटा अन्तर्राष्ट्रिय पर्यवेक्षक संगठनको सहभागिता रहेको यस सम्मेलनले आगामी १७ औं सम्मेलन गर्न भेनेजुएलालाई जिम्मा दिएर दुई दिने सम्मेलन August – 31 मा सम्पन्न भएको थियो । नेपालबाट सो सम्मेलनमा सहभागी हुन १४ सदस्यीय टोलीको नेतृत्व गर्दे प्रधानमन्त्री डा.बाबुराम भट्टराई त्यसतर्फ गएका थिए ।


Other Topics

S.N Title Description
1 Career News and Info श्रावण १६, २०७४
2 रेन स्याडो (Rain Shadow) सम्बन्धी जानकारी
3 नेपालीले बनाएको क्यास अन एड प्रविधि
4 म्याग्नाकार्टा भन्नाले के बुझिन्छ ?
5 Career News and Info असार ६, २०७४
6 गरीवी निवारण कोषले स्थापना गर्‍यो गरिवी निवारण पत्रकारिता पुरस्कार
7 काठमाडौं उपत्यकाका चार भन्ज्याङहरु
8 नेपाल राजपत्रका भागहरु
9 नेपालका प्रमुख केहि झरना/घाटि र भञ्जाङहरु
10 प्लाष्टिक झोला व्यवस्थापनमा 5-R
Please login to view more important topics.