Notice

Loksewa Updates

महत्वपूर्ण सामान्य ज्ञान

बहुक्षेत्रीय पोषण योजना

नेपालमा मातृ-शिशु पोषणमा सुधार ल्याउन राष्ट्रिय योजना आयोगले २०६९ असोज ४ गते पाँच वर्षे बहुक्षेत्रीय पोषण योजना (२०६९–२०७३) सार्वजनिक गरेको छ । राष्ट्रिय योजना आयोगका तत्कालिन अध्यक्ष प्रधानमन्त्री डा.बाबुराम भट्टराईले सार्वजनिक गरेको बहुक्षेत्रीय पोषण योजनाले आगामी पाँच वर्ष भित्र दीर्घकालिन कुपोषणको दरलाई २०% घटाउने लक्ष्य लिएको छ । मानव पूँजी र समग्र सामाजिक आर्थिक सुनिश्चित गर्नका लागि उल्लेखनीय रुपमा दीर्घ कुपोषण न्यूनीकरण गर्ने तर्फ मुलुकलाई अग्रसर गराउनु यस बहुक्षेत्रीय पोषण योजनाको आगामी दश वर्षको सोच रहेको छ ।

आगामी पाँच वर्षमा मातृ तथा शिशु पोषणको स्थितिमा सुधार र तद्नुसार मातृशिशु तथा बालबालिकाको कुपोषणलाई न्यून गरी आमाहरुको शारीरीक घनत्व सूचकांक र बच्चाहरुको पुड्कोपनमा एक तिहाईले कमी ल्याउने बहुक्षेत्रीय पोषण योजनाको लक्ष्य छ । यस पोषण योजना कार्यन्वयनले राष्ट्रिय र स्थानीय स्तरमा नीति, योजना र बहुक्षेत्रीय समन्वयमा सुधार ल्याउने ‘पोषण नीति’ वा पोषण प्रति ‘संवेदनशील’ सेवाहरुको उच्चतम प्रयोग गर्ने व्यवहारमा सुधार हुने र आधारभूत सेवालाई समावेशी र समतामूलक ढंगले प्रवाह गर्नका लागि केन्द्रीय तथा स्थानीय सरकारहरुको पोषण सम्बन्धी क्षमता सुदृढ हुने अपेक्षा गरेको छ ।

राष्ट्रिय योजना आयोगको संयोजनमा सात वटा मन्त्रालयले तयार पारी सार्वजनिक यस बहुक्षेत्रीय पोषण योजना कार्यान्वयनका लागि युनिसेफ, युरोपियन युनियन लगायतका दाताहरुको सहयोग रहने भएको छ । स्मरण रहोस् नेपाल जनसांख्यिक स्वास्थ्य सर्वेक्षण २०११ अनुसार नेपालमा हाल ४१% बालबालिका दीर्घ कुपोषणबाट ग्रस्त रहेका छन् भने १/३ (एक तिहाई) बालबालिकाको मृत्यु कुपोषणका कारण हुने गरेको छ ।


Other Topics

S.N Title Description
1 बिभिन्न जातिका नृत्यहरू
2 मानव सगरद्वारा निर्मित झण्डा
3 नेपाल सरकारद्धारा गरीएको मुक्त कमैयाको वर्गीकरण
4 नेपालमा बाघ संख्या
5 जनसंख्याको आधारमा विश्वका प्रमुख १० ठूला शहरहरु
6 आठौं साफ च्याम्पियनसिप
7 सम्पत्ति शुद्धिकरण बिभाग गठन
8 नेपालमा नागरिक चेतना/शिक्षाका प्रमुख समस्याहरु
9 परमाणु सुरक्षा सम्बन्धी सम्मेलन
10 Career News and Info वैशाख ९, २०७५
Please login to view more important topics.