Notice

उर्लदो सय करोड अभियान 'वान बिलियन राइजिङ'

महिला र किशोरी  माथि हुने हिंसा विरुद्धको अन्तर्राष्ट्रिय अभियान अमेरिकी लेखक, अभिनेत्री तथा अभितन्ता इभ इन्स्लरले उनकै संस्था भिडे मार्फत सन् २०१३ Feb १४ का दिन सय करोड महिलाहरुलाई आफ्नो कार्यस्थलबाट उठ्न आह्वान एवं प्रवाह गरे बमोजिम शुरु भएकोले उनकै अवधारणामा आएको भन्न सकिन्छ । महिला तथा किशोरी माथि हुने हिंसा दक्षिण एशियाबाटै अन्त गर्न सन् २०१२ सेप्टेम्बर २३ देखि “उर्लदो सय करोड” अभियान नेपाल लगायत दक्षिण एशियाका धेरै मुलुकहरुमा एकैसाथ शुरु भएको छ । बंगलादेशमा भने सेप्टेम्बर १३ देखि नै यो अभियान शुरु भएको हो । “भो ! अब अति भो हिंसा अन्त्य गरौं” भन्ने नारा सहित शुरु भएको यस अभियानका आयोजकका अनुसार विश्वका सय करोड भन्दा बढी महिला यस्तो हिंसाबाट प्रताडित रहेकाले यस्तो अभियान थालिएको हो । अभियान सफल बनाउन महिला हिंसा बिरुद्धको अभियानकी दक्षिण एशियाकी संयोजक कमला भासिनलाई महिला अधिकार कर्मी डा. मीना आचार्यले दोसल्ला ओढाएर सम्मान गर्नुका साथै उद्घघाटन कार्यक्रममै मितो मेमोरियल अवार्ड विजेताहरुको नाम समेत घोषणा गरिएको थियो । अभियान सफल पार्न सन् २०१३ को फेब्रुअरी १४ तारिखका दिन विश्वका १६० भन्दा बढी मुलुकका सय करोड महिला, पुरुष र बालबालिका सडकमा आएर विश्वभरका अभियान कर्तासँग ऐक्यबद्ध भई महिला हिंसाको विरोध गरी नाच्ने र उर्लने भएका छन् । स्मरणका लागि नेपालले सन् २०१० लाई लैङ्गिक हिंसा विरुद्धको वर्षका रुपमा मनाउनुका साथै सन् २०१० मै प्रधानमन्त्री कार्यालयमा महिला डेस्क समेत राखेको छ ।


Other Topics

S.N Title Description
1 विमस्टेकको तेस्रो शिखर सम्मेलन
2 राष्ट्रिय गैंडा गणना २०१५
3 प्लुटाईड भनेको के हो ?
4 २०७० सालका नइ प्रकासनका वितरित विभिन्न पुरस्कारहरु
5 के हो ओटिसी बजार ?
6 नेपालमा विभिन्न आधारमा वनहरुको विभाजन
7 Career News and Info जेठ १८, २०७४
8 नेपालको पहिलो यान्त्रिक पुल
9 चार शहीद सम्बन्धी जानकारी
10 निःशुल्क स्वास्थ्य सेवा
Please login to view more important topics.