Notice

क्रेडिट रेटिङ्गको जिम्मा इक्रा नेपाललाई

नेपाल धितोपत्र बोर्डले इक्रा नेपाललाई क्रेडिट रेटिङ गर्ने जिम्मा २०६९ असोज १७ गते प्रदान गरेको छ । कम्पनीले ३ करोड भन्दा बढीको साधारण शेयर जारी गर्दा अबदेखि इक्रा नेपालबाट क्रेडिट रेटिङ्ग गराई शेयर जारी गर्नुपर्छ । इक्रा नेपाल, रेटिङ्ग एजेन्सी इक्रा इण्डियाको सहकार्यमा स्थापना भएको हो। क्रेडिट रेटिङ्ग नियमावली, २०६८ अनुसार संगठित संस्थाले डिबेन्चर निस्काशन, अग्राधिकार शेयर, प्रिमियममा शेयर निश्काशन तथा फरदर पब्लिक इश्यु गर्दा समेत क्रेडिट रेटिङ्ग गराउनुपर्ने प्रावधान राखेको छ। नियमावली लागू भएपछि नेपालमा स्थापना  भएको इक्रा नेपाल क्रेडिट रेटिङ्ग गराउने नेपालको पहिलो क्रेडिट रेटिङ्ग एजेन्सी समेत भएको छ । क्रेडिट रेटिङ्ग गराउने इक्रा नेपालको स्थापनामा, ५१ प्रतिशत शेयर  रेटिङ्ग एजेन्सी इक्रा इण्डियाको र ४९ प्रतिशत शेयर इक्रा नेपालको रहेको छ।


Other Topics

S.N Title Description
1 ICC मा टेष्ट राष्ट्रको मान्यता पाउने राष्ट्रहरु
2 JITCO
3 Career News and Info वैशाख २१, २०७४
4 निजामती सेवा दिवस
5 नेपालको दौत्य सम्बन्ध
6 भिट्याक्स भनेको के हो ?
7 विश्वका दश ठूला राष्ट्रहरु(क्षेत्रफलको आधरमा)
8 आजको खबर–१७
9 नेपालका प्रमुख केहि झरना/घाटि र भञ्जाङहरु
10 लेखापरीक्षण
Please login to view more important topics.