Notice

Loksewa Updates

महत्वपूर्ण सामान्य ज्ञान

५ नेपाली कृषी वैज्ञानिकलाई अन्तर्राष्ट्रिय पुरस्कार

विश्व भोक विरुद्ध लडेका र Father of the Green revolution नामबाट चिनिने नोबेल पुरस्कार विजेता डा. नोरम्यान  अर्नेष्ट बोरलौंग (Norman Ernest Borlaug) को नाममा स्थापना गरिएको अमेरिकास्थित बोरलौंग ग्लोबल रस्ट इनिसिएरिभ (Borlaug Global Rust Initiative ) ले यस वर्षदेखि प्रदान गर्न थालेको बीजीआरई जिन स्टेवार्डसिप अवार्ड(BGRI Gene Stewardship Award) नेपाल कृषी अनुसन्धान परिषद (नार्क) का देहायका ५ नेपाली वैज्ञानिकहरुलाई पुरस्कृत गरेको छः–
सरला शर्मा
दीपक भण्डारी
ध्रुवबहादुर थापा
नुतन गौतम र
मदन भट्ट
 विश्वभर प्रमुख बालिको रुपमा खेती गरिने गहुँबालीको नयाँ प्रजाति "विजय" को आविश्कार गरेवापत नेपाली वैज्ञानिकलाई द बीजी आर आइ जिन स्टेवार्डसिप अवार्ड –२०१२ प्रदान गरिएको हो । विविधताको मौलिक संरक्षण गरेर युजी ९९ नामक सिन्दुरे रोग अवरोधक "विजय" नाम गरेको प्रजातिको गहुँको नेपालमै विकास गरी नार्कले  सन् २०१० मा सिफारिस गरेको र नयाँ प्रजातिको सो गहुँ  हाल नेपाल, वंगलादेश, भारत सहित विश्वका १२८ मुलुकमा  खेती गर्न थालिएको छ । 

Other Topics

S.N Title Description
1 BIPPA भन्नाले के बुझिन्छ ?
2 अपरेशन जलकुम्भी
3 सरकारी संस्थानहरूको विनिवेश, खारेजी र विघटन
4 ३६ औं राष्ट्रिय शिक्षा दिवस
5 औद्योगिक गणना २०६९
6 होटेल तथा रेष्टुरेन्टको गुणस्तर स्टिकर टाँसी निर्धारण
7 लोकतन्त्रका विशेषताहरु
8 सम्माननीय को ?
9 सुडान घोटाला काण्डः–
10 Career News and Info २०७५ श्रावण १ देखि ३१
Please login to view more important topics.