Notice

आपूर्ति नीति, २०६९

देशमा अत्यावश्यक वस्तु तथा सेवा सहज, सुलभ र नियमित रुपमा उचित गुणस्तर र उचित मूल्यमा आपूर्ति व्यवस्था मिलाई उपभोक्ताको हक हितको संरक्षण गरी सुनिष्चित  गर्न नेपाल सरकारले मिति २०६९ मा आपूर्ति नीति, २०६९ ल्याएको छ । नेपाल सरकारले जारी गरेको आपूर्ति नीतिका उद्धेश्यहरु बुँदागत रुपमा यसप्रकार छन्-

-गुणस्तरीय वस्तु तथा सेवाको नियमित र सर्वसुलभरुपमा सहज आपूर्तिको व्यवस्था गर्न सार्वजनिक निजी र सहकारी क्षेत्रलाई प्रोत्साहित गरी       प्रतिष्पर्धात्मक तुल्याउने,
 -उपभोक्ताहरुको हक, हित र आधिकारको संरक्षण गर्ने,
-आपूर्ति हुने वस्तु वा सेवाको गुणस्तर कायम गर्ने तथा यथार्थपरक लागत मूल्यको आधारमा उपभोक्ता मूल्य प्रणालीलाई स्थापित गराउने,
-राष्ट्रिय रुपमा खाद्य सुरक्षा व्यवस्थाका लागि आवश्यक प्रबन्ध गर्ने,
-अत्यावश्यक वस्तु तथा सेवामा सहज पहुँच नपुगेका, न्यून आय भएका विपन्न तथा दुर्गम क्षेत्रका उपभोक्ताको सुविधा र राहतको लागि        एकिकृत आपूर्ति प्रणालीको विकास गर्ने,
-वस्तु तथा सेवामा हुने कालोबजारी र कृत्रिम अभाव नियन्त्रण गर्ने,
-वस्तु तथा सेवामा हुने गैर प्रतिष्पर्धात्मक क्रियाकलापलाई नियन्त्रण गर्ने,
आपूर्ती नीति, २०६९ ले राखेका माथि उल्लेखित उदेश्य हाँसिल गर्न उपभोक्ता संरक्षण तथा आपूर्ति व्यवस्था विभागको स्थापना गर्नुको अतिरिक्त २० जिल्लाहरुमा गरेको बजार संरक्षण अधिकृतको व्यवस्था गर्ने कुरा उल्लेख गरेको छ।

Other Topics

S.N Title Description
1 Career News and Info जेठ १९, २०७४
2 Career News and Info श्रावण २४, २०७४
3 नइ खरा पुरस्कार
4 वातावरण व्यवस्थापन भनेको के हो ?
5 नेपालको हालसम्म BIPPA सम्झौता गरिसकेको देश
6 बहुक्षेत्रीय पोषण योजना
7 नेपाल प्रज्ञा प्रतिष्ठानका पुरस्कारहरु
8 गुड फर पेमेन्ट चेक(Good for Payment Cheque)
9 के हो Black Box ?
10 ५ नेपाली कृषी वैज्ञानिकलाई अन्तर्राष्ट्रिय पुरस्कार
Please login to view more important topics.