Notice

Loksewa Updates

महत्वपूर्ण सामान्य ज्ञान

अन्तर्राष्ट्रिय साहित्य कला सम्मेलन

नेपाल र भारतका रव्यातिप्राप्त साहित्यकार संस्कृतिविद् तथा कवि र कलाकारको सहभागिता रहेको बृहद् अन्तर्राष्ट्रिय साहित्य कला संस्कृति र पर्यटन सम्मेलन २०६९ असोज २६ गते शुक्रबार पूर्व प्रधानमन्त्री लोकेन्द्र बहादुर चन्दको उद्घाटन बाट महेन्द्रनगरमा ‍शुरु भएको हो । विश्वका ४० देशका साहित्यकार , कवि र कलाकारको तस्विर प्रदर्शनसंगै महाकाली साहित्य संगमले आयोजना गरेको यो सम्मेलनमा नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति गंगाप्रसाद उप्रेती, संस्कृतीविद् तुलशी दिवस, भारतीय साहित्यकार जगन्नाथ जोशी र महेश्वर प्रसाद जोशी संस्कृतिविद तुलशी दिवस, प्राज्ञ शान्तकुमार राई, आरडी प्रभात चटौत लगायतका नेपाल र भारतका करिब २०० साहित्यकारहरु सहभागी थिए ।

                   सम्मेलन समापनमा जारी गरिएको १७ बुँदे घोषणापत्रमा सुदुर पश्चिमका स्थानहरुमा प्राचीन डोटी राज्यको दरवार अजमेरुकोट, उकुकोट, अछाम र बैतडीका प्राचीन देवल कुवाहरुलाई विश्व सम्पदा सूचीमा समावेश गराउन प्रयत्नशील रहने प्रतिवद्धता उल्लेख गर्नुको साथै ओझेलमा परेका मालिकार्जुन, मालिका, खप्तड, रामारोशन लगायतका धार्मिक र पर्यटकीय महत्वका स्थलहरुको प्रचार-प्रसार गर्ने, भाषा, साहित्य,कला, संस्कृति एवं इतिहासको अध्ययन, अनुसन्धान लेखन, प्रकाशन र प्रदर्शन गरी सुदुरपश्चिम क्षेत्रको मौलिक पहिचानको संरक्षण गरी साझा नेपाली राष्ट्रिय संस्कृति निर्माणमा योगदान गर्ने प्रतिवद्धता समेत समेटिएको छ ।


Other Topics

S.N Title Description
1 काठमाडौं उपत्यकाका चार भन्ज्याङहरु
2 जि पि एस रेडियो कलर
3 नेपालको कृषि प्रणालीको विशेषता
4 Career News and Info जेठ २२, २०७४
5 मेयर वसाल्ट
6 नेपाल सरकारद्धारा गरीएको मुक्त कमैयाको वर्गीकरण
7 नयाँ नेपाल कोष
8 नयाँ नेपाल निर्माण कोष स्थापना
9 बिजनेस फर पिस अवार्ड २०१४
10 राष्ट्रिय झण्डाको प्रयोगमा निषेधः
Please login to view more important topics.