Notice

विश्वको सर्वोच्च शिखर सगरमाथा

विश्वका अग्ला शिखरहरुको उचाई नामाकरण गर्ने क्रममा शुरुमा विश्वको सर्वोच्च शिखर सगरमाथाको नाम xv fifteen राखिएको थियो । विश्वकै अग्लो यो शिखरको उचाई ८८४८ मीटर (२९,०२८ फीट) हो भनी सर्वप्रथम राधानन्द सिकन्दरले गरेका थिए । Royal Geographical Society का सर्भेथर एभरेष्ट हुन । सगरमाथा नै सर्वोच्च शिखर हो भनी जानकारीमा आउनु अघि इक्वेडरको ६३१० मीटर उचाईको चिम्वोराजोलाई सर्वोच्च शिखर मानिन्थ्यो । सर्वोच्च शिखर सगरमाथाको आरोहण सर्वप्रथम नेपालका तत्कालीन नागरिक (पछि भारतको नागरिकता लिएका) तेन्जिङ्ग नोर्गे शेर्पा र न्युजिल्याण्डका नागरिक एकडमण्ड हिलारी हुन् ।

-    सोलुखुम्बु जिल्लाको महालंगुर हिमश्रृङखलामा पर्ने विश्वको सर्वोच्च शीखर सगरमाथाको उचाइ ८८४८ मी. (२९०२८ फीट) छ ।

-    सन् १९५६ मा नेपालका इतिहास शिरोमणी बाबुराम आचार्यले यस शीखरको नाम सगरमाथा नामाकरण गरेका हुन् । यस अघि यो शीखरको नाम Peak XV थियो । बेलायतका सर्भेयर जर्ज एभरेष्टको नामबाट सन् १८६५ मा सगरमाथालाई माउन्ट एभरेष्ट नाम दिइएको हो ।

-    सर्वप्रथम मे २९, १९५३ मा नेपालका तेन्जिङ्ग नोर्गे शेर्पा तथा न्यूजील्याण्डका सर एडमण्ड हिलारीले यो शीखरको सफल आरोहण गरेका हुन् ।

-    चीनीयाँ भाषामा झोमोलोङमा र तिब्वती भाषामा मिटिगुटी चापुलोङ्गमा भनिने यस शीखरको आरोहण गर्ने प्रथम महिला जापानकी जुन्को तावेई हुन् ।

-   एकै सिजनमा दुईपटक सगरमाथाको आरोहण गर्ने महिला नेपालकी छुरिम शेर्पा हुन ।

सगरमाथाको आरोहण गर्ने प्रथम महिला

सगरमाथाको आरोहण गर्ने प्रथम नेपाली महिला पासाङ्ग ल्हामु शेर्पा हुन् । उनले वि.स. २०५० वैशाख १० गते दिनको २.१५ बजे सानमिगेल सगरमाथा अभियान दल मार्फत शिखरमा पुगी कीर्तिमान कायम गरिन् । सगरमाथा आरोहण गर्ने विश्वकी १७ औं महिला पासाङ्ग ल्हामुको सगरमाथा आरोहरण गरी फर्किने क्रममा हिउँमा पुरीएको मृत्यु भएको थियो ।


Other Topics

S.N Title Description
1 कवि सुमनलाई सार्क लिटेररी अवार्ड प्रदान
2 Career News and Info चैत्र २३, २०७३
3 खाद्य सुरक्षाको अवधारणा
4 राष्ट्रिय सुरक्षा परिषदको गठन
5 Career News and Info चैत्र १४, २०७३
6 Deemed Export भनेको के हो ?
7 मेड इन नेपाल :
8 प्रशिद्ध वैज्ञानिक लुई पास्चर (Louis Pasteur)
9 Career News and Info जेठ १४, २०७४
10 बर्तमान राष्ट्रियगान
Please login to view more important topics.