Notice

के हो ल्याण्डपुलिङ?

एकीकृत जग्गा विकास कार्यक्रमको छोटकरी नाम ल्याण्डपुलिङ हो। यो विधिअनुसार कुनै ठाउँको जग्गालाई सबैभन्दा पहिले एकीकरण गर्ने काम गरिन्छ । एकीकरण गर्दा जग्गाधनीको सहमतिमा सबै जग्गाको एउटै कित्ता  बनाउने गरिन्छ । यस विधिअनुसार सबैभन्दा पहिले स्थानीय  उपभोक्ता मिलेर एउटा  समिति गठन गर्नुपर्छ । उक्त समितिले उपभोक्ताको सहमतिमा सबैको लालपुर्जा एकीकृत गर्छ। सोहीअनु्सार इञ्जिनीयरहरुको सहयोगमा सम्बन्धित जग्गाको गुरुयोजना तयार गरिन्छ । गुरुयोजनाअनुसार आवश्यक भौतिक पूर्वाधारहरु सडक,ढल, खेल मैदान ,खुला क्षेत्र ,पार्किङ स्थल ,विद्यालय , स्वास्थ्य संस्था, मनोरञ्जन स्थल र खेलमैदान निर्माण गरिन्छ । सामूहिक प्रयोजनका त्यस्ता पूर्वाधार निर्माण गरेपछि बाँकी रहेको जग्गा भने स्थानीयलाई नै फिर्ता गरिन्छ । यसमा ३५ देखि ४० प्रतिशतसम्म जग्गा सामूहिक हितमा प्रयोग हुने पूर्वाधार निर्माणका लागि प्रयोग गरिन्छ । बाँकी जग्गा उपभोक्ताहरुले आफ्नो हिस्साअनुसार फिर्ता पाउँछन् । ' ल्याण्डपुलिङको विधिबाट व्यवस्थित गरिएका शहर सयौँ वर्षसम्म काम लाग्ने हुन्छन्  यो विधिअनुसार पूर्वाधार निर्माण गर्न सरकारलाई समेत सजिलो पर्छ ।’


Other Topics

S.N Title Description
1 हेल्लो स्वास्थ्य
2 राष्ट्रिय गैंडा गणना २०१५
3 उर्जा सम्मेलन – २०१३
4 DRP खारेज
5 फोब्र्सको शक्तिशाली महिलाको सन् २०१३ को सूचीमा ५ महिला
6 नेपालमा पाइने अल्लो बारे जानकारी
7 Career News and Info भाद्र २२, २०७४
8 मौलिक हक र तिनका प्रकारहरु
9 जनसंख्या व्यवस्थापन भनेको के हो ?
10 राष्ट्रिय सुरक्षा परिषदको गठन
Please login to view more important topics.