Notice

राष्ट्रिय अभिलेखालयबाट पुरातात्विक पुस्तकका गाता चोरी

राष्ट्रिय अभिलेखालयबाट हराएका ४ हस्तलिखित ग्रन्थका प्राचीन गाताहरु न्युयोर्कमा विक्रीको लागि अनलाइनमा राखिएको र ती पुस्तकका गाता विक्री हुनबाट रोक्न प्रयास गर्ने व्यक्ति थिए – सन् ७० को दशकमा ती पुरातात्विक वस्तुको माइक्रो फिल्मिङ्गका लागि नेपाल आएका जर्मन प्राध्यापक हारुनागा इसाक्सन । उनले ती ऐतिहासिक सामग्री विक्री हुनबाट रोक्न नेपाल विज्ञ, शुभचिन्तक र अन्य जानकारलाई पत्राचार गरेपछि अमेरिकाको कोलम्विया युनिभर्सिटिका एलेन कुन, अष्ट्रेलियाको मोनास युनिभर्सिटकी लियान स्निकलर, नेपालको कुमारी सम्बन्धी पुस्तक लेखी रहेकी बेलायती इसाबेला ट्रि युनिभर्सिट अफ क्यालिफोर्नियाका प्रोफेसर अलेक्जेण्डर फोन रोसप्याट र ७० कै दशकमा सामाग्री विक्री हुनबाट रोक्न पत्राचार गर्ने व्यक्तिसँगै माइक्रो फिल्मिङ्गका लागि नेपाल आएका जर्मन नागरिक केंगो हरिमोतोले समेत सघाएका थिए । ती चार पुरातात्विक गाताहरु यसप्रकार छन्:
१) कम्तिमा १२ औं शताब्दीको विष्णु र लक्ष्मीका सात आकृति रहेको विष्णु धर्म पुराण,
२) विष्णुका विभिन्न स्वरुपका आकृति युक्त भागवत पुराण
३) माथिल्लो आकृतिको मध्यमा ज्योतिर्लिङ्ग र दायाँ–बायाँ चार-चार वटा शिवलिङ्ग तथा तल्लो आकृतिको वीचमा उमा-महेश्रवर र नन्दीको चित्र आङ्कित शिव धर्म र
४) विष्णुका दश अवतार अंङ्कित विष्णु धर्म पुराण

Other Topics

S.N Title Description
1 व्यवस्थापिका संसद् अन्तर्गतका विषयगत समितिहरु
2 सूचना तथा संचारको हकबीच के फरक छ ?
3 व्यवस्थापन सूचना प्रणाली (MIS)
4 Career News and Info २०७५ जेठ १ देखि ३१
5 नेपाल प्रज्ञा प्रतिष्ठानका पुरस्कारहरु
6 बारकोड के हो ?
7 “म्याराथन टक शो”
8 विभिन्न क्षेत्रमा रहेका महानुभावहरुको मर्यादाक्रम
9 विशेष आर्थिक क्षेत्र (Special Economic Zone)
10 मौलिक हक र तिनका प्रकारहरु
Please login to view more important topics.