Notice

Loksewa Updates

महत्वपूर्ण सामान्य ज्ञान

नेपालका बन्यजन्तु आरक्षहरू

ढोरपाटन शिकार आरक्ष :–   

_     बाग्लुङ, रुकुम र म्याग्दी जिल्लाको करिब १३२५ वर्ग कि.मी क्षेत्रफलमा अवस्थित यो आरक्ष सन्. १९८७ (वि.सं. २०४१) मा स्थापना भएको हो ।
–    यहाँ निलो भेडा, बँदेल, रतुवा, कृष्णसार, नाउर, थार, हिमाली भालु आदि जनावर पाइन्छ ।
 

कोशीटप्पु वन्यजन्तु आरक्ष:

–    सन् १९७६ (वि.सं. २०३२) मा स्थापित यो आरक्ष सुनसरी जिल्लामा पर्दछ ।
–    यो आरक्ष १७५ वर्ग कि.मि. क्षेत्रफलमा फैलिएको छ ।
–    दुर्लभ अर्ना, घडियाल, मगर गाही तथा विविध जातका माछा र देश विदेशबाट आउने चराचुरुङ्गीहरुको यहाँ बासस्थान छ ।
–    सन् १९८७ मा कोशीटप्पु वन्यजन्तु आरक्ष इरानको रामसारमा भएको अन्तर्राष्ट्रिय सम्मेलनबाट संरक्षित सिमसार क्षेत्र घोषित भएको ।
_    अन्तर्राष्ट्रिय सिमसार क्षेत्रमा सूचीकृत हुने पहिलो नेपालको सिमसार क्षेत्रसमेत हो ।

 शुक्लाफाँट वन्यजन्तु आरक्ष :

–    सन् १९७६ (वि.सं.२०३१) मा स्थापित यो आरक्षको हालको क्षेत्रफल ३०५ वर्ग कि.मी. छ ।
–    यो आरक्ष कञ्चनपुर जिल्लामा अवस्थित छ ।
–    यहाँ २,००० भन्दा बढी बाह्रसिङ्गे पाइनुका साथै पाटेबाघ, भालु, हात्ती, दुर्लभ सालक, चितुवा, जरायो, तित्तल, गोही,लङ्गुर कृष्णसार आदि जनावर पाइन्छन् ।
–    प्रसिद्ध “रानी ताल” पनि यसैभित्र पर्दछ ।

  पर्सा वन्यजन्तु आरक्ष :

–    वि.सं. २०४१ (सन् १९४८) मा स्थापना गरिएको यो आरक्ष करिब ४९९ वर्ग कि.मी. क्षेत्रफलमा फैलिएको छ ।
–    यो वन्यजन्तु आरक्षले चितवन, पर्सा, मकवानपुरका केही भाग समेटेको छ ।
–    यस आरक्षमा पाइने प्रसिद्ध जनावहरुमा हात्ती, बाघ, चितुवा, बँदेल, जरायो र घोडगधा आदि छन् ।
 
 

क्र.सं राष्ट्रिय निकुञ्ज नाम घोषीत वर्ष (इ.स.मा) क्षेत्रफल (वर्ग कि.मि)
१. शुक्लाफाँट वन्यजन्य आरक्ष १९७३ ३०५
२. कोशीटप्पु वन्यजन्तु आरक्ष १९७६  १७५
३. पर्सा वन्यजन्तु आरक्ष १९८४   ४९९
४. ढोरपाटन शिकार क्षेत्र १९८७  १३२५
     जम्मा : २३०४

शुक्लाफाटा वन्यजन्तु आरक्षमा बाह्रसिङ्गा गणना

संसारमा अनुमानित ५००० को संख्यामा रहेको बाह्रसिंगा नेपालको शुक्लाफाँटा वन्यजन्तु आरक्षमा मात्र २१७० (दुई हजार एक सय सत्तरी ) को संख्याको रहेको २०७० वैसाख ४ मा सम्पन्न बाह्रसिंगा गणनाले देखाएको छ । आरक्षमा ५०५ को संख्यामा भाले, १२८० को संख्यामा पोथी र ३८५ को संख्यामा बच्चा रहेको गणनाको नतिजा देखाएको छ । यसअघिको १ वर्ष अघिको यसै अवधिको गणनामा १८२५ को संख्यामा बाह्रसिंगा थिए ।
 


Other Topics

S.N Title Description
1 अनलाईन मार्फत कम्पनी दर्ता शुरु
2 योजनाबद्ध बिकासको अवधारणा र चालु योजना
3 Career News and Info श्रावण २, २०७४
4 गोल्ड ईटीएफ भनेको के हो ?
5 को हुन् सिस्टर निर्मला ?
6 Career News and Info वैशाख १०, २०७५
7 महालेखापरीक्षकको काम, कर्तव्य र अधिकारहरू
8 ११ औं तेन्जिङ्ग हिलारी सगरमाथा म्याराथुन
9 Career News and Info चैत्र ८, २०७३
10 Career News and Info चैत्र १७, २०७३
Please login to view more important topics.