Notice

Loksewa Updates

महत्वपूर्ण सामान्य ज्ञान

निशाना छाप

पुनस्थापित प्रतिनिधि सभा घोषणा २०६३ जेठ ४ को घोषणा कार्यान्वयन गराउने समितिले नयाँ निशानाछापको लागि कलाकारहरुबाट प्रस्ताब आव्हान  गर्दा जनताको सर्वोच्चता, मुलुकको विशिष्ट पहिचान, राष्ट्रिय एकता र जनताको स्वाभिमान झल्काउने मापदण्ड हुनुपर्ने भनी उल्लेख भए अनुसार विभिन्न ३० वटा सुझावहरु प्राप्त भएका थिए । उक्त ३० वटा नमुनाहरु मध्ये गृहमन्त्रालयका तत्कालीन सहसचिव हरिप्रसाद नेपालको संयोजकत्वमा गठित ६ सदस्यीय समितिले कलाकारहरु नवीन्द्रमान राजभण्डारी, हिमालय गौतम र कृष्ण श्रेष्ठबाट संयुक्त रुपमा तयार पारेको निशाना छापलाई छनौट गरी सिफारिश गरेपछि यसलाई नेपाल सरकराले २०६३ मंसिर २९ गते स्वीकृत गरेको थियो । नेपाल सरकारले २०६३ पुस १५ गते देखि कार्यान्वयनमा ल्याएको यो निशानाछापको शिर्षभागमा राष्ट्रिय झण्डा, सर्वोच्च हिमशिखर, पहाडी क्षेत्र, नेपालको नक्सा, राष्ट्रिय एकता, जनताको सर्वोच्चता तथा लैंगिक समानताका प्रतिक स्त्री र पुरुषको हातेमालो त्यस मुनि तराई र वरपर लालीगुराँसका थुँगाको हार, हातमुनी रातो रिवनमाथि सेतो अक्षरमा “जननी जन्मभूमीश्च स्वर्गादपि गरीयसी” भन्ने वाक्याशं उल्लेख छ ।


Other Topics

S.N Title Description
1 सिंचाइको स्रोत (कृषि गणना २०६८को आधारमा)
2 सम्माननीय को ?
3 क्षेत्रफलका आधारमा विश्वका ५ ठूला र साना मुलुकहरु
4 मुहम्मद युनुस
5 Career News and Info पाैष ३, २०७४
6 Career News and Info जेठ २९, २०७४
7 हनुमानढोका दरबार खतराको सूचीमा
8 Career News and Info जेठ ७, २०७४
9 मुखिया प्रणाली
10 Career News and Info चैत्र ११, २०७३
Please login to view more important topics.