Notice

Loksewa Updates

महत्वपूर्ण सामान्य ज्ञान

पुनर्स्थापित प्रतिनिधि सभाको ऐतिहासिक घोषणा

दोस्रो संयुक्त जनआन्दोलनको फलस्वरुप २०६५ असोज १८ मा तत्कालीन राजा ज्ञानेन्द्रद्वारा विघटित प्रतिनिधि सभालाई राजाको शाहि घोषणा मार्फत २०६३ वैसाख ११ मा पुनस्थापना भएपछि २०६३ जेठ ४ मा पुनर्स्थापित सभाले केही ऐतिहासिक घोषणा गरेका थियो । घोषणामा निहित केही विषयहरु यसप्रकार थिए:
-तत्कालीन अवस्थाको श्री ५ को सरकारलाई घोषणा उप्रान्त नेपाल सरकार भनिने,
-तत्कालीन अवस्थाको शाहि नेपाली सेनाको नाम परिवर्तन भई नेपाली सेना हुने,
-प्रचलनमा रहेको राष्ट्रिय गानको वैकल्पिक व्यवस्था गरिने
-नेपाललाई धर्म निरपेक्ष राज्य बनाउने,
- नेपाल अधिराज्यलाई नेपाल राज्य भन्ने,
यी माथि उल्लेखित लगायतका घोषणालाई आधार बनाई तर्जुमा भएको यसै प्रतिनिधि सभाबाट २०६३ पुस मसान्तमा घोषणा भई संविधानले व्यवस्था गरेको अन्तरिम व्यवस्थापिकाले अनुमोदन गरेको नेपालको अन्तरिम संविधान, २०६३ ले आत्मसाथ गर्दै रहेको अवस्था देखिन्छ । यो संविधान , २०६९ जेठ ७ मा बाह्रौं संसोधन भएर पनि संविधान बमोजिम समयमा संविधान सभाको चुनाव हुन नसकी दोस्रो संविधान सभाको निर्वाचनका लागि संविधानको धारा १५८ बमोजिम बाधा अडकाउ फुकाउने राष्ट्रपतिको अधिकार प्रयोग भई २०६९ चैत्र १ गते बहालवाला सर्वोच्च अदालतका प्रधानन्यायधिस अध्यक्ष रहेको ११ सदस्यीय मन्त्रिपरिषद क्रियाशील रहेको अवस्था छ ।

Other Topics

S.N Title Description
1 खाद्य सुरक्षाको अवधारणा
2 अन्तरिक्ष यात्री निल आर्मस्ट्रङको निधन
3 विश्वको सबैभन्दा ठूलो थान्का
4 Career News and Info चैत्र ३१, २०७३
5 सार्क उर्जा सम्मेलन
6 सञ्चित कोष
7 एशियाली पूर्वाधार लगानी बैंक
8 EVDO सेवा
9 मलाला दिवस
10 Career News and Info असार २२, २०७४
Please login to view more important topics.