Notice

बर्तमान राष्ट्रियगान

पुनस्थापित प्रतिनिधि सभाले २०६३ जेठ ४ मा जारी गरेको प्रतिनिधि घोषणा अनुसार नयाँ राष्ट्रिय गानको लागि गृहकार्य भई रचनाकार प्रदीपकुमार राई अर्थात व्याकुल माइला रहेको वर्तमान राष्ट्रिय गान “संयौं थुँगा फूलका हामी .......” कार्यान्वयमा आएको छ । ४५ शब्द १२८ अक्षर निहित यस राष्ट्रिय गानको गायन अवधि करिब १ मिनेटको छ । २० जना महिला तथा पुरुष कलाकारले स्वर दिएको यस राष्ट्रिय गानमा संङ्गीतकार अम्वर गुरुङ्गले सङ्गीत दिएका छन् भने सङ्गीत संयोजनको काम शरद गुरुङ्गले गरेका छन् । २०६६ श्रावण १८ गते तत्कालीन सभामुख सुवास नेम्बाङ्गद्वारा सार्वजानिक उक्त राष्ट्रिय गानको पूर्ण अंश तल प्रस्तुत गरिएको छः– 

 
सयौं थुँगा फूलका हामी एउटै माला नेपाली
सार्वभौम भई फैलिएको मेची–महाकाली ।
प्रकृतिका कोटीकोटी सम्पदाको आँचल 
वीरहरुका रगतले स्वतन्त्र र अटल 
ज्ञानभूमी शान्तिभूमि तराइ पहाड हिमाल
अखण्ड यो प्यारो हाम्रो मातृभूमि नेपाल
बहुल जाति भाषा धर्म संस्कृति छन् विशाल 
अग्रगामी राष्ट्र हाम्रो जय जय नेपाल ।

https://www.youtube.com/watch?v=i7ZvETrH-I4


Other Topics

S.N Title Description
1 कमैया प्रथा
2 सुडान घोटाला काण्डः–
3 हिरोसिमावासिको ६९ औं हिरोसिमा दिवस
4 आदिवासी चलचित्र महोत्सव – २०७४
5 नागरिक समाज परिचय
6 राजस्व र व्ययको अनुमान
7 सासेक सूचना राजमार्ग आयोजना
8 दीगो उर्जा सम्बन्धी कुन सम्मेलन कहाँ
9 Career News and Info चैत्र १०, २०७३
10 वाई–म्याक्स
Please login to view more important topics.