Notice

नेपालको तर्फबाट प्रदान गरिने मानपदवी अलङ्कार तथा पदक

मानपदवी अलङ्कार तथा पदक प्रदान गर्न विभुषण ऐन, २०६४ व्यवस्था भई २०६४।०४।३२ देखि कार्यान्वयनको आएको विभुषण सम्बन्धी व्यवस्था अनुसार मानपदवी ४ वटा, अलङ्कार ९ वटा र पदक १३ वटा रहेका छन् 
क) मानपदवी
१) नेपाल रत्न मानपदवी (श्रेणी विभाजन नगरिएको नेपालको सर्वोच्च विभुषण,यस मानपदवीको आदर्श वाक्य राष्ट्रोत्थानको विन्दु राष्ट्र प्रेम रहेको )
२) राष्ट्र गौरव मानपदवी (श्रेणी विभाजन नगरिएको नेपालको प्रतिष्ठा अन्तर्राष्ट्रिय जगतमा उचो बनाउनेलाई प्रदान गरिने यो मानपदवीको माथिल्लो भागमा राष्ट्र गौरव र तल्लो भागमा आदर्श वाक्य माता समान मातृभूमी लेखिएको )
३) राष्ट्रदीप मानपदवी( पाँच श्रेणीमा विभाजित यो मानपदवीमा राष्ट्रभक्ति अमूल्य भक्ति लेखिएको )
४) जनसेवा श्री –पाँचवटा श्रेणीमा विभाजन गरिएको यस मानपदवी मा उल्लेखीत आदर्श वाक्य सेवा नै परम धर्म रहेका )
 
ख) अलङ्कार
१) राष्ट्र यशोवर्द्रधक (आदर्श वाक्य योगक्षेप बृहत लेखिएको )
२) परम पौरख भास्कार अलङ्कार ( आदर्श वाक्य उत्साह शक्ति अनुपम शक्ति लेखिएको)
३) नेपाल प्रताप सुभूषण अलङ्कार ( आदर्श वाक्य विजयी श्री उत्तम लेखिएको )
४) नेपाल सेवा प्रवीण अलङ्कार ( आदर्श वाक्य सेवा धर्म परम गहन लेखिएको)
५) अति पौरख भाष्कर अलङ्कार ( आदर्श वाक्य पुरुस्वार्थमा सेवा लेखिएको)
६) नेपाल प्रताप आभुषण अलङ्कार ( आदर्श वाक्य शाहसीको शिर उच्च लेखिएको)
७) समाजसेवा रत्न अलङ्कार ( आदर्श वाक्य राष्ट्रका लागि जागौं लेखिएको)
८) महापौरख भाष्कर अलङ्कार ( आदर्श वाक्य चम्कन्छ पुरुस्वार्थ लेखिएको)
९) नेपाल प्रताप भुषण अलङ्कार ( आदर्श वाक्य परित्राणाय साधू नाम लेखिएको)
 
ग) पदक
१) लोकश्री पदक (आदर्श वाक्य स्वच्छ आचार, उच्च विचार लेखिएको )
२) राष्ट्रसेवा पदक ( २५ वर्ष सेवा अवधि पूरा गरेका निजामति कर्मचारी, नेपाली सेना वा प्रहरी जवान वा अधिकृत लाई प्रदान गरिने प्रथम श्रेणी र १२ वर्ष सेवा अवधि पूरा गरेका तत  तत व्यक्तिहरुलाई प्रदान गरिने दोस्रो श्रेणी गरी ३ श्रेणीमा विभक्त यस पदकमा आदर्श वाक्य राष्ट्रसेवा सर्वोपरी लेखिएको 
३) सत्कार्य पदक (यस पदकमा आदर्श वाक्य सर्वजनहिताय सुरक्षा लेखिएको)
४) समाजसेवा पदक (यस पदकमा आदर्श वाक्य परोपकार परम पुण्याय लेखिएको)
५) शिक्षा ज्योति पदक (यस पदकमा आदर्श वाक्य विद्ययामृतस्तुते लेखिएको)
६) सगरमाथा पदक (यस पदकमा आदर्श वाक्य साहसीको शीर झुक्दैन लेखिएको)
७) सुकीर्ति पदक(यस पदकमा आदर्श वाक्य कीर्तियस्य स जीवनी लेखीएको) 
८) वीरता पदक(यस पदकमा आदर्श वाक्य राष्ट्रपति समर्पण लेखिएको)
९) सौर्य पदक(यस पदकमा आदर्श वाक्य आत्मबलमा शाहस लेखिएको)
१०) प्राकृतिक प्रकोप पीडितोद्धार पदक(यस पदकमा आदर्श वाक्य आत्मबल सर्वभूतेषु लेखिएको )
११) विकासरत्न पदक (यस पदकमा आदर्श वाक्य निस्वार्थ सेवा परायण लेखिएको)
१२) शान्ति पदक (यस पदकमा आदर्श वाक्य शिव संकल्प मस्तु लेखिएको )
१३) विज्ञान पदक (यस पदकमा आदर्श वाक्य विज्ञान प्रविधि आजको शक्ति लेखिएको )

Other Topics

S.N Title Description
1 सकारात्मक विभेद
2 न्यायिक पुनराबलोकन
3 पद्यमश्री साहित्य सम्मान प्रदान गरिएका केही कृति र तिनका लेखक
4 Career News and Info चैत्र २४, २०७३
5 कवि सुमनलाई सार्क लिटेररी अवार्ड प्रदान
6 निजामति सेवा दिवस २०७२
7 बिश्व बजार पहुचमा नेपाल सर्वोच्च तेस्रोमा
8 म्याग्नाकार्टा भन्नाले के बुझिन्छ ?
9 स्मार्ट चालक अनुमतिपत्र
10 बन्दी प्रत्यक्षीकरण (Habeas Corpus ) भनेको के हो ?
Please login to view more important topics.