Notice

Loksewa Updates

महत्वपूर्ण सामान्य ज्ञान

यार्सागुम्बा

तिब्बती भाषामा यार्चा गुम्बु अर्थात वर्षायाममा घाँस र हिउँदमा किरा भनिएतापनि यो घाँस र किरा नभई ढुसी र झुसिल्किराको मिश्रित रुप हो । लामा भाषामा यार्साको अर्थ आधाजीव र गुम्बाको अर्थ आधा विरूवा वा बुटी(Herbs)भन्ने हुन्छ । वैज्ञानिक बर्गीकरणमा ढुसी वर्गमा राखिएको यार्सा गुम्बा(Caterpillar fungus)को वैज्ञानिक नाम “ओफियो कोर्डिनेप्स साइनेन्सिस्” हुन्छ । लेपिडेप्टेरा जातको पुतलीको लार्भा वा झुसिल्किरालाई ‘ओफियो कार्डिनेप्से साइनान्सिस ’ भनिने परजिवी ढुसीको विजाणुको संपर्कको कारणबाट पुतलीको लार्भा वा झुसिल्किरा संक्रमित हुन्छ र संक्रमित झुस्लिकिराको शरीरभित्र दुसिको रेसादार शरीर बढ्दै जाँदा झुसिल्किरा मर्छ । वातावरणको तापक्रम औषत १ डिग्री बराबर भएपछि मरेको झुसिल्किराको टाउको पट्टिबाट ढुसीको जिवाणु उत्पादन गर्ने डाँठ पलाउन थाल्छ र त्यो जमिन माथि आउँछ । जमिनमाथि आएको करिब एकदेखि चार इन्च सम्मको स्पोरेन्जियम देखिए पछि त्यसैसँग जोडिएको जमिनमुनिको झुसिल्किरा सहितको भागलाई संकलन गरी सफा र ओबानो पारेर बिक्री वितरण गरिन्छ । विश्वमा तिब्बत पछि नेपाल दोस्रो ठूलो मात्रामा संकलन हुने क्षेत्र भएतापनि यार्सागुम्बा भुटान र भारतको हिमाली राज्यमा समेत पाइन्छ । हिमाली भेगको ३८०० मीटर देखि ५००० मिटरसम्मको उचाइमा औषत वर्षा ४०० मी मी हुने क्षेत्रमा हुने यार्सागुम्बा, नेपालका २० हिमाली जिल्लामा हुने भनिएतापनि मूलतः डोल्पा, दार्चुला, बजाङ्ग, बाजुरा, जुम्ला, हुम्ला, रुकुम, मुगु, गोरखा, धादिङ्ग लगायतका जिल्लाहरुबाट संकलन गर्ने गरिन्छ । हिमालयन भियाग्रा समेत भनिने नेपालमा संकलित यार्सागुम्बा दम, खोकी, फोक्सो र मृगौलाको उपचारको लागि तिब्ब्त, हङकङ, सिंगापुर, जापान र अमेरिकासम्म पनि पुग्ने गर्दछ । यो मुलत: जेठ, आषाढमा संकलन गर्ने गरिन्छ ।


Other Topics

S.N Title Description
1 विश्वको सबैभन्दा ठूलो थान्का
2 सूचना तथा संचारको हकबीच के फरक छ ?
3 बालस्ट्रीट कब्जा आन्दोलन
4 मेयर वसाल्ट
5 केही नेपाली कृतिहरुको नाम तथा तिनका लेखक
6 राष्ट्रिय वन सर्वेक्षण २०१६ का प्रमुख नतिजाहरु ः
7 नयाँ नेपाल निर्माण कोष स्थापना
8 आईपीएल (Indian Premier League) सम्बन्धी जानकारी
9 जैविक तथा वैयक्तिक पहिचान भनेको के हो ?
10 युसिमास
Please login to view more important topics.