Notice

Loksewa Updates

महत्वपूर्ण सामान्य ज्ञान

नेपालमा बाघ संख्या

२०६९ माघ २३ गते देखि जेठ २१ सम्म क्यामेरा ट्रायापिङ विधिबाट गरिएको बाघ गणनामा नेपालमा बाघको संख्या १९८ पुगेको कुरा २०७० साउन १४ मा सार्वजनिक गरिएको तथ्याङ्कले देखाएको छ । सन् २००८ मा गरिएको बाघ गणनाले नेपालमा बाघको संख्या १२१ रहेको देखाएको थियो । पछिल्लो पटक सन् २०१३ मा सार्वजनिक तथ्याङ्कमा बाघको प्रति वर्ष बृद्धिदर १२.६ प्रतिशत रहेको देखाएको छ । सार्वजनिक तथ्याङ्कले देशको पाँच स्थान पर्सा वन्यजन्तु आरक्ष, चीतवन राष्ट्रिय निकुञ्ज, बाँके राष्ट्रिय निकुञ्ज, बर्दिया राष्ट्रिय निकुञ्ज र शुक्लाफाँटा वन्यजन्तु आरक्षमा गरिएको बाघ गणनामा सबै भन्दा बढी चीतवन राष्ट्रिय निकुन्जमा १२० को संख्यामा र सबैभन्दा कम बाँके राष्ट्रिय निकुञ्जमा ४ को संख्यामा बाघ रहेको देखाएको छ । पर्सा बन्यजन्तु आरक्ष, बर्दिया राष्ट्रिय निकुञ्ज र शुक्लाफाँटा वन्यजन्तु आरक्षमा क्रमश ७, ५० र १७ को संख्यामा बाघ रहेको पाइएको छ । नेपालले सन् २००८ मा, सन् २०२२ सम्ममा बाघको संख्या दोब्बर २५० पुर्‍याउने प्रतिबद्धता व्यक्त गरेको थियो । विश्वका १२ देशमा अनुमानित ३ हजारको संख्यामा बाघ रहेको अनुमान गरिएकोमा सबै भन्दा बढी भारतमा १७०० बाघ छन् । स्मरण रहोस् नेपाल बाघ पाइने विश्वको १२ देशहरुमध्ये आठौं स्थानमा पर्छ ।


Other Topics

S.N Title Description
1 नेपालको हालसम्म BIPPA सम्झौता गरिसकेको देश
2 Career News and Info चैत्र ८, २०७३
3 नेपालको भौगोलिक बिभाजन
4 नेपाल सरकारको व्यवसाय दर्ता सम्बन्धी मापदण्ड–२०७०
5 भन्सारमा Pyramiding Effect भनेको के हो ?
6 सेल्फी अभियान
7 Members of security Council
8 भिट्याक्स के हो ?
9 Career News and Info जेठ ९, २०७४
10 जनसंख्याको आधारमा विश्वका प्रमुख १० ठूला शहरहरु
Please login to view more important topics.