Notice

Loksewa Updates

महत्वपूर्ण सामान्य ज्ञान

मेयर वसाल्ट

अमेरिकी अन्तरिक्षयात्री ज्याक स्मिथले चन्द्रमाबाट ल्याएको सबैभन्दा ठूलो चटानको टुक्रालाई  “मेयर बसाल्ट ” नाम दिइएको छ । उनले उक्त चटान एपोलो १७ यानबाट सन् १९७२ मा चन्द्रमामा पुगी पृथ्वीमा ल्याएका थिए । नासाले ३ सय ७५ करोड वर्ष पूरानो भनी जनाएको उक्त चट्टान २०७० श्रावण १७ गते कतारको दोहा- काठमाण्डौ–विराटनगर हुँदै ल्याइएको थियो र २०७० श्रावण २४ गते विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट) का प्रतिनिधि शुभकान्त लामिछानेको उद्घाटनबाट उक्त चट्टान औपचारिक रुपमा सुनसरीको अमाहिबेहा–७ स्थित सितागञ्जमा रहेको एभरेष्ट साइन्स सेन्टरमा प्रदर्शनका लागि खुल्ला गरिएको थियो। २७ सेप्टेम्बर, २०१३ सम्म नेपाल राख्न अनुमति सहित ल्याइएको उक्त चट्टान प्रिज्म आकारको सिसा जस्तो पदार्थभित्र राखेर टाढैबाट हेर्न सकिने गरी मिलाइएको छ ।“शान्तिवन देखि चन्द्रमासम्म” नाम प्रदर्शनमा राखिएको उक्त चट्टान काठमाण्डौंमा समेत प्रदर्शनका लागि राखिने भएको छ ।

Other Topics

S.N Title Description
1 Career News and Info भाद्र ९, २०७४
2 के हो एमसीपीएम ?
3 Career News and Info चैत्र २०, २०७३
4 सुधारिएको चुलो
5 कानुन र कानुनी राज्य
6 वाई–म्याक्स
7 Career News and Info भाद्र २७, २०७४
8 राष्ट्रिय सुरक्षा परिषदको गठन
9 Career News and Info असार १८, २०७४
10 नेपाल मानव विकास प्रतिवेदन २०१४
Please login to view more important topics.