Notice

Loksewa Updates

महत्वपूर्ण सामान्य ज्ञान

शक्ति समूह(म्यागासेसे बिजेता)परिचय

नेपालबाट विभिन्न बहानामा बेचीएर मुम्बईको कोठीमा नारकीय जीवन विताइरहेको चेलीहरुलाई उद्धार गरी नेपाल ल्याएपछि उनीहरुको सशक्तीकरणबाट जन्मिएको संस्था हो शक्ति समूह । भारतको राजस्थान सरकारले सन् १९९६ मा मुम्बइको कोठीहरुमा छापा मारी ५३८ चेलीहरुलाई उक्त कोठीहरुबाट उद्धार गरेकोमा २१८ चेलीहरु नेपाली थिए । राजस्थान सरकारले उनीहरुको जिम्मा लिई पुनस्थापना गर्ने नेपालको एबिसी नेपाल नामक संस्थालाई पत्राचार गरेको र सो संस्थाले तत्कालीन सरकारलाई उद्धारका लागि जानकारी एवं अनुरोध गर्दा सरकारले समेत तदारुकता नदेखाएकाले सोही संस्थाको संयोजनमा सीविन, माइती नेपाल, ओरेक, नवज्योति केन्द्र, शान्ति पुनस्थापना केन्द्र, स्त्रीशक्ति नामक ७ वटा संस्थाहरु मिली एउटा सञ्जाल बनाई उक्त संञ्जालमार्फत सन् १९९६ को जुलाई १९ र २० तारिखमा ५ जना बालक सहित २ टोलीहरुमा १२४ जना नेपाली बालबालिकाहरुलाई उद्धार गरिएको थियो । ती बालबालिकाहरुलाई सीप सिकाउने, शिक्षा दिने, सचेतना तालीम तथा गोष्ठीमा सहभागी गराउन, नेतृत्व विकासको तालीम दिने जस्ता गतिबिधीमा संलग्न गराइयो । संलग्न भएका मध्येबाटै १५ जनाले शक्ति समूह नामक संस्था स्थापना गरी बेचबिखनमा परेका चेलीहरुको उद्धार र पुनःस्थापना गर्ने अभियानमा लागे । उक्त समूह काठमाण्डौं जिल्ला प्रशासन कार्यलयमा आ.व. २०५६।५७ मा दर्ता भई कार्य गरिरहेकोमा यसैलाई सन् २०१३ को ५० हजार अमेरिकी डलर राशीको एशियाको नोवेल पुरस्कार मानिएको रोमन म्यागोससे पुरस्कार प्राप्त गर्‍यो भने शक्ति समूहकै संस्थापक सदस्य चरिमाया तामाङ्गले अमेरिकी सरकारको हिरो एक्टिङ्ग टु एन मोडर्न डे स्लेभरी अवार्ड २०११ हिलारी क्लिन्टनको हातबाट प्राप्त गरिन् । स्मरण रहोस्, शक्ति समूहको संस्थापक अध्यक्ष पूजा मिजार हुन् भने हाल यसको अध्यक्ष सुनिता दनुवार छिन् । यस संस्थाको प्रधान कार्यालय काठमाण्डौंको धुम्बाराहीमा छ ।


Other Topics

S.N Title Description
1 Career News and Info जेठ २९, २०७४
2 Career News and Info असार १८, २०७४
3 नोवेल पुरस्कार घोषणा हुने दिनहरू/घोषणा गर्ने निकाय
4 वान वेल्ट वान रोड अवधारणामा नेपालद्वारा हस्ताक्षर
5 BIPPA भन्नाले के बुझिन्छ ?
6 कार्वन व्यापार
7 को हुन् सिस्टर निर्मला ?
8 ११ औं तेन्जिङ्ग हिलारी सगरमाथा म्याराथुन
9 सकारात्मक विभेद
10 पिसकोर
Please login to view more important topics.