Notice

Loksewa Updates

महत्वपूर्ण सामान्य ज्ञान

नेपालको भौगोलिक बिभाजन

 

हिमाली क्षेत्र
३५% (५१५१३.३५ व.कि.मी.)
पहाडी क्षेत्र
४२% (६१८१६.०२ व.कि.मी.)
तराई क्षेत्र
 २३% (३३८५१.६३ व.कि.मी.)

              

हिमाली प्रदेश

    समुन्द्री सतहको करिब ३००० मिटरदेखि ८८४८ मिटरको उचार्र्ई तथा तिब्बतको दक्षिण सिमानासम्म फैलिएको भू–भागलाई हिमाली प्रदेश भनिन्छ ।
    उत्तर–दक्षिण २५ कि.मि. देखि ५० कि.मि.सम्मको चौडाईमा फैलिएको यो प्रदेशले नेपालको कूल क्षेत्रफलको १५ % भू–भाग ओगटेको छ ।
    पत्रे चट्टानद्वारा निर्मित यो प्रदेश पूर्वमा खुम्चिएको र पश्चिममा फैलिएको छ ।
    भू—बनौटको हिसाबले यो हिमाली प्रदेशलाई पनि मुख्य हिमालय, भित्री हिमालय र सीमान्त हिमालय गरी तीन श्रेणीमा विभाजन गरिएको छ ।
    नेपालको राष्ट्रिय जनगणना, २०६८ को प्रतिवेदनका अनुसार नेपालको कूल जनसंख्याको ६.७३% जनता  बसोबास गर्दछन् ।
    नेपालको १६ जिल्लाको अधिकांश भू—भाग यही प्रदेशमा पर्दछ भने विश्वको सर्वोच्च शिखर सगरमाथा लगायत प्रमुख हिमशिखरहरू यसै क्षेत्रमा पर्दछन् ।
    यस क्षेत्रमा खासगरी शेर्पा, थकाली, भोटे, मनाङी आदि जातिका मानिसहरू बसोबास गर्दछन् भने मुख्य पेशाका रूपमा पशुपालन र पशुजन्य उत्पादनलाई लिन सकिन्छ ।

मुख्य हिमाल

५००० मिटरभन्दा अग्ला सबै हिमाली श्रृङ्खलाहरू पर्ने क्षेत्रलाई मुख्य हिमाली क्षेत्र भनिन्छ । यस क्षेत्रमा  विश्वका ८००० मिटर भन्दा अग्ला १४ सर्वोच्च शिखरहरू मध्ये ८ वटा हिमशिखरहरू नेपालमा पर्दछन् ।

भित्री हिमाल

मुख्य हिमालको उत्तर र तिब्बतीय सीमान्त प्रदेशको दक्षिणमा चारैतिर उच्च हिमश्रृङ्खलाले घेरिएको हिमाली उपत्यकाहरूलाई भित्री हिमाल वा नेपालको भोट प्रदेश पनि भनिन्छ । यस अन्र्तगत २४०० मिटरदेखि ५००० मिटरसम्मको उचार्र्ईमा रहेका हिमश्रृङ्खलाहरू पर्दछन् ।

सीमान्त हिमाल

मुख्य हिमालको उत्तर, तिब्बती सीमाक्षेत्रको दक्षिण ३०कि.मि—४५ कि.मि. चौडाईमा  नेपालको पश्चिमी भागमा अति उच्च हिमशिखरहरूभन्दा केही होचा मझ्यौला उचार्र्ईका हिमशिखर पाइने क्षेत्रलाई सीमान्त हिमाल भनिन्छ ।

हिमाली प्रदेशमा पर्ने १६जिल्लाहरू

सि.नं. जिल्लाको नाम सि.नं. जिल्लाको नाम
ताप्लेजुङ   मुस्ताङ
संखुवासभा  १०  डोल्पा
सोलुखुम्वु  ११ हुम्ला
दोलखा  १२ जुम्ला
सिन्धुपाल्चोक १३ वझाङ
 रसुवा   १४ कालिकोट
गोरखा   १५ मुगु
मनाङ १६ दार्चुला


हिमाली प्रदेशका विशेषताहरू

    देशको कूल क्षेत्रफलको १५ प्रतिशत भू–भाग ओगटेको ।
    बहुमूल्य जडिबुटीहरू तथा दुर्लभ वन्यजन्तुहरू पाइने
    ठूला–ठूला नदी तथा हिमनदीहरूको उद्गमस्थल ।
    विश्वको सर्वोच्च शिखर सगरमाथा तथा विश्वको सर्वाधिक उचार्ईमा रहेको तिलिचो ताल यही क्षेत्रमा अवस्थित रहेको,
    अधिकांश समय हिउँले ढाक्ने हुँदा चिसो र शून्य हावापानी तथा उब्जाउयुक्त भूमि कम,
    बौद्ध धर्मावलम्बीको बाहुल्यता,
    पशुपालन मुख्य व्यवसाय,
    पर्यटकीय दृष्टिले महत्वपूर्ण हिमचुचुरा एवं पदमार्गहरू आदि ।

 

नेपालको पहाडी प्रदेश

तराई प्रदेशको उत्तर तथा हिमाली प्रदेशको दक्षिणमा समुन्द्री सतहबाट करिब ६०० मिटर देखि ३००० मिटरसम्मको उचार्ईमा झन्डै ७५ देखि १२५ कि.मि. सम्मको चौडाई भित्र पूर्व  पश्चिम फैलिएको छ ।
नेपालको कूल क्षेत्रफलको ६८ % भू–भाग ओगटेको,
नेपालका ३९ जिल्लाहरू र पाँचै विकास क्षेत्रका सदरमुकामहरू पर्ने ।
नेपालको राष्ट्रिय जनगणना २०६८ को प्रतिवेदनका अनुसार कूल जनसंख्याको  ४३.०१%  प्रतिशत जनता पहाडी प्रदेशमा बस्छन् ।
कृषि पेशानै यहाँको प्रमुख पेशा,
भित्री पहाड (मध्य भूमि), महाभारत लेक तथा शिवालिक श्रेणी गरी ३ उप–क्षेत्रमा बाँड्न सकिन्छ ।
यहाँ ब्राम्हण, क्षेत्री, किराँत, गुरुङ, मगर, तामाङ, राई, लिम्बू आदि जातजातिको बसोवास स्थल रहेको छ ।

(क) मध्य भूमि (भित्री पहाड)

   हिमालय प्रदेशको दक्षिण र महाभारत श्रृङ्खलाको उत्तरमा अवस्थित मध्यभूमि अर्थात भित्री पहाडको चौडाइ करिब २५ देखि ५० कि.मि. (उत्तर–दक्षिण) रहेको छ भने उचार्ई समुद्र    सतहदेखि करिब ६०० मिटर देखि १५०० मिटरसम्म छ ।
    विश्वकै गहिरो (४५७ मिटर¬)  अरुण उपत्यका यसै क्षेत्रमा पर्दछ ।
    यस क्षेत्रमा विभिन्न टारहरू  र कोशी, गण्डकी, त्रिशुली, सुनकोशी,अरुण तथा तमोर नदीद्वारा निर्मित उपत्यकाहरू पर्दछन् ।
(ख) महाभारत लेक

    मध्यभूमिको दक्षिणमा हिमालय पर्वत श्रेणीभन्दा अलिक होचो पूर्वदेखि पश्चिम फैलिएको पहाडहरूको श्रृङ्खलालाई नै महाभारत लेक भनिन्छ ।
    यसको उचार्र्ई करिब १५०० देखि ३००० मिटरसम्म रहेको छ ।
    ग्राफाइट, ग्रेनाइट, स्लेट, बलौटे ढुङ्गा,चुनढुङ्गा आदि विभिन्न चट्टानहरूबाट निर्मित यो पर्वतलाई लघु हिमाल वा होचो हिमाल वा मध्य हिमाल पनि भन्ने गरिन्छ ।
    यो क्षेत्रलाई कोशी, गण्डकी, कर्णाली आदि नदीहरूले काटेका छन् ।
    रमणीय र स्वस्थ्यकर हावापानी भएको कारणले महाभारत पर्वत श्रेणीलाई नेपालको हावाखोरी पनि भनिन्छ ।
    महाभारतको सबै भन्दा अग्लो चुचुरा शैलुङ पर्वत दोलखा जिल्लामा पर्दछ ।
(ग) चुरे पर्वत

    महाभारत पर्वत श्रृङ्खलाको दक्षिणी भागमा तराईको मैदानी भागदेखि २०० देखि ६०० फिटसम्मको अग्लो पहाडलाई चुरे पर्वत (शिवालिक श्रेणी) भनिन्छ ।
    यो पर्वत बलौटे ढुङ्गा, रोडा, कंकड, पत्थर, बालुवा, अभ्रख आदि मिलेर बनेको छ ।
    पूर्वमा होचो तर पश्चिममा क्रमशः अग्लिदै गएको चुरे पर्वतको सबैभन्दा अग्लो भाग ९४६२ फिट उचार्ई कैलाली जिल्लामा पर्दछ । यसलाई गार्वा भनिन्छ ।

पहाडी प्रदेशमा पर्ने ३९ जिल्लाहरूः

सि.नं जिल्लाको नाम सि.नं जिल्लाको नाम सि.नं जिल्लाको नाम सि.नं जिल्लाको नाम
पाँचथर ११ काभ्रेपलाञ्चोक २१ धादिङ्ग ३१ जाजरकोट
इलाम १२ नुवाकोट २२ पर्वत ३२ सुर्खेत
धनकुटा १३ काठमाडौं २३  म्याग्दी ३३  दैलेख
तेह्रथुम  १४ भक्तपुर २४ स्याङ्जा ३४ डोटी
भोजपुर १५ ललितपुर २५ पाल्पा ३५ वाजुरा
उदयपुर १६ मकवानपुर २६ अर्घाखाँची ३६ अछाम
खोटाङ  १७ लमजुङ २७ सल्यान ३७ डडेल्धुरा
ओखलढुंगा १८ तनहुँ  २८ प्युठान ३८ वैतडी
रामेछाप १९ कास्की २९ रोल्पा ३९ रुकुम
१० सिन्धुली २० वाग्लुङ ३० गुल्मी    


पहाडी प्रदेशका विशेषताहरू

–    देशको कूल क्षेत्रफलको करिब दुई तिहाई भू–भाग ओगटेको,
–    पाँचै विकासक्षेत्रको सदरमुकामहरू यही क्षेत्रमा रहेको,
–    विविधतायुक्त रहनसहन, भेषभुषा तथा संस्कृतिको थलो,
–    हिन्दू धर्मावलम्बीको बाहुल्यता रहेको,
–    कृषि तथा नोकरीलाई प्रमुख व्यवसायको रुपमा अपनाइने गरेको,
–    देशको राजधानी काठमाण्डौ यसै क्षेत्रमा पर्ने,
–    मनोरम एवं स्वस्थ्यकर हावापानी आदि ।

 

नेपालको तराई प्रदेश

नेपालको सबैभन्दा दक्षिणी भागमा उत्तरदेखि दक्षिणतर्फ होचिदै गएको समुन्द्री सतह ७० मिटर देखि ६०० मिटरसम्मको उचार्र्ईसम्म फैलिएको समथर क्षेत्रलाई तराई प्रदेश भनिन्छ ।

  1. उत्तर दक्षिण फैलावट  २५ देखि ३० किलोमिटरसम्म रहेको,
  2. नेपालको कूल क्षेत्रफलको १७ % भू–भाग ओगटेको यस क्षेत्रमा नेपालका २० जिल्ला पर्दछन् ।
  3. नेपालको राष्ट्रिय जनगणना २०६८ को प्रतिवेदन अनुसार नेपालको कूल जनसंख्याको ५०.२७% जनसंख्या बसोबास गर्ने । यस क्षेत्रमा मैथिली, भोजपुरी, अवधि, थारु जस्ता भाषा समुदायका विभिन्न जातजातिको बसोवास रहेको छ ।
  4. औद्योगिक, व्यापारिक एवं यातायातका दृष्टिले महत्वपूर्ण यस प्रदेशमा नेपालका ठूला—ठूला औद्योगिक सहरहरू रहेका छन् ।
  5. उब्जाउ जमिनको प्रधानताको कारण यस भूमिलाई नेपालको अन्नको भण्डार समेत भन्ने गरिन्छ ।
  6. यस क्षेत्रलाई मूख्य तराई, भावरप्रदेश र भित्री मधेस गरी ३ श्रेणीमा विभाजन गर्न सकिन्छ ।

 

मूख्य तराई 

  1. नेपालको सबैभन्दा दक्षिणी भागमा रहेको, दक्षिण तर्फ होचिदै गएको  भू–भागलाई खास तराई भनिन्छ ।
  2. मिहिन पाँगो माटोले बनेको कृषिका लागि उर्वर भूमि भएकाले नेपालको अन्नको भण्डार समेतको रूपमा चिनिने,
  3. समुन्द्र सतह देखि २०० मिटर उचार्र्ईमा रहेको यस क्षेत्रको चौडाई करिब २५ देखि ३० कि.मि. रहेको,
  4.  यस भागलाई नेपालको अन्न भन्डार पनि भन्ने गरिन्छ । तराईको मैदानी भागलाई समेत पूर्वी तराई,मध्य तराई  र पश्चिमी तराई गरी विभाजन गरिएको छ  ।

 

भावर प्रदेश

  1. खास तराईको उत्तर र चुरे पर्वतमालाको दक्षिणमा ३८० मिटरको उचाइसम्म फैलिएको साँगुरो पेटिलाई भावर क्षेत्र भनिन्छ ।
  2. बालुवायुक्त, फुस्रो नरम माटोले बनेको समुन्द्र सतहभन्दा करिब ३०० मिटरको उचार्ईमा रहेको,
  3. पूर्व पश्चिम लम्बाई १२५ देखि ४०० कि.मि.सम्म र चौडाई १० देखि १५ कि.मि. सम्म फैलिएको छ,
  4. हरियो वन नेपालको धन भनी उखान प्रचलित गराउनमा भूमिका खेल्ने चारकोशे झाडी यसै क्षेत्रमा पर्दछ । 

 

भित्री मधेस

  1. चुरे र महाभारत पर्वत श्रेणीबीचमा ६०० मिटरको अग्लो स्थानसम्म चारैतिर पहाड पर्वतले घेरिई फैलिएको विशाल फाँटलाइ भित्री मधेस वा दुन क्षेत्र भनिन्छ ।
  2. ३२ देखि ६४ कि.मि. सम्म लम्बाई र १६ कि.मि. सम्म चौडाई भएको नेपालको कूल क्षेत्रफलको ८.५ % भू–भाग समेटिएको छ ।
  3. उदयपुर, सिन्धुली, नवलपरासी, चितवन, दाङ, मकवानपुर र सुर्खेत गरी ७ जिल्ला पर्दछन् ।
  4. पहाडको बीचमा रहेकोले यस क्षेत्रमा न्यानो हावापानी पाइन्छ ।

तराई प्रदेशमा पर्ने २० जिल्लाहरू

         

सि.नं. जिल्लाको नाम  सि.नं.   जिल्लाको नाम 
झापा ११ रौतहट
मोरङ   १२ चितवन 
सुनसरी  १३ नवलपरासी  
सप्तरी   १४ कपिलवस्तु
सिराहा १५ रूपन्देही   
धनुषा   १६ दाङ
महोत्तरी  १७ वाँके
सर्लाही  १८ वर्दिया
बारा  १९ कैलाली
१० पर्सा    २० कंचनपुर



तराई प्रदेशका विशेषताहरू 

–    नेपालको कूल क्षेत्रफलको १७ प्रतिशत भू–भाग तराई क्षेत्रमा पर्ने,
–    औद्योगिक, व्यवसायिक तथा आर्थिक, सामाजिक विकासका दृष्टिले अन्य प्रदेशको तुलनामा अगाडि रहेको,
–    नेपालको अन्न भण्डारको रूपमा चिनिने,
–    अत्यन्त गर्मी, धेरै वर्षात, उब्जाउ जमिन, घना बस्ती रहेको,
–    भारतीय रहनसहन र संस्कृतिको बढी प्रभाव भएको,
–    मैथिली, भोजपुरी, अवधि, थारु जस्ता भाषा समुदायका विभिन्न जातजातिहरूको बसोबास रहेको ।
 

 


Other Topics

S.N Title Description
1 झमकलाई लैनसिंह बाङ्देल पुरस्कार
2 अम्लीय वर्षा (Acid Rain) भनेको के हो ?
3 क्यूरियोसिटीको मंगल ग्रह अवतरण
4 आदिवासी चलचित्र महोत्सव – २०७४
5 सन् २०१४ सम्मका ICC T-20 विश्वकप विजेता राष्ट्रहरु
6 दीगो उर्जा सम्बन्धी कुन सम्मेलन कहाँ
7 विश्वको सबैभन्दा ठूलो थान्का
8 सगरमाथा हिरक महोत्सव
9 वित्तीय स्वायत्तताका अभ्यास
10 होम स्टे (Home Stay) भनेको के हो ?
Please login to view more important topics.