Notice

नेपालको हावापानी

हावापानीको आधारमा नेपालको वर्गीकरण

फरक–फरक उचाई र स्वरूपका कारण क्षेत्रफलका दृष्टिले सानो मुलुक नेपालमा पनि विविध प्रकारको हावापानी पाइन्छ । यसलाई निम्न अनुसार ५ प्रकारमा वर्गीकरण गर्ने गरिएको छ
१.    उष्ण मनसुनी हावापानी             –समुन्द्री सतहदेखि १२०० मिटरसम्मको उचाइमा,
२.    न्यानो समशीतोष्ण हावापानी    —१२०० मिटरदेखि २१०० मिटरसम्म,
३.    ठण्डा समशीतोष्ण हावापानी     —२१०० मिटरदेखि ३३०० मिटरसम्म,
४.    लेकाली हावापानी                     —३३०० मिटरदेखि ५००० मिटरसम्म,
५.    हिमाली हावापानी                    —५००० मिटरदेखि माथि ।

 उष्ण मनसुनी हावापानी

  1.   समुद्र सतहदेखि करिव १२०० मिटर (४०००फिट) उचार्र्ईसम्मका क्षेत्रहरू तराई, भावर, दुन र चुरे पर्वतको फेदतिर पाइने हावापानीलाई उष्ण हावापानी क्षेत्र भनिन्छ ।
  2.   यस क्षेत्रको सरदर तापक्रम गर्मी याममा १५—४० डिग्री से. सम्म हुन्छ भने शीतकालमा १५—५ डिग्री से.सम्म ओर्लिन्छ ।
  3.   अन्य क्षेत्रको तुलनामा यहाँ अत्याधिक गर्मी हुन्छ, जसमा बर्दिया, नेपालगन्ज, कैलाली, भैरहवा, विराटनगर, बुटवल जस्ता ठाउँहरू पर्दछन् ।
  4.   वर्षा ऋतुमा यहाँ सरदर २०० सेन्टिमिटर (१३००—२६०० मिलिमिटर) सम्म वर्षा हुन्छ भने गृष्म ऋतुमा तातो हावा (लु) वहन्छ ।
  5.   जाडोमा अति जाडो र गर्मीमा अति गर्मी हुने हुँदा स्वास्थ्यका लागि उपयोगी नभएपनि कृषि कार्य (विशेषत ः धान र जुट) का लागि उपयोगी मानिन्छ ।


न्यानो समशीतोष्ण हावापानी

  • चुरे पहाड र माहाभारत पर्वतको १२०० मिटरदेखि २१०० मिटरसम्मको उचाईमा पाइने हावापानीलाई न्यानो समशीतोण्ण हावापानी भनिन्छ ।
  • यस क्षेत्रमा गृष्म ऋतुमा न्यानो हुन्छ भने हिउँदमा निकै जाडो हुन्छ ।
  • गृष्म ऋतुमा तापक्रम २४३० डिग्री से.सम्म पुग्दछ भने हिउँदमा ० डिग्री से. सम्म ओर्लिन्छ ।
  • गर्मीमा यस क्षेत्रमा १२५ सेन्टिमिटर सम्म बर्षा हुन्छ । वर्षा दक्षिणबाट उत्तरतर्फ क्रमश: कम हुदै जान्छ ।

 


ठण्डा समशीतोष्ण हावापानी

  1. महाभारत पर्वतको उच्च भाग र हिमालको तल्लो भागमा २१००—३३०० मिटर सम्मको उचार्र्ईमा ठण्डा समशीतोष्ण हावापानी पाइन्छ ।
  2. यस क्षेत्रमा तापक्रम १५—२० डिग्री सेल्सियस र जाडोमा ० डिग्री से. भन्दा तल हुन्छ । गर्मीमा वर्षा १०० सेन्टिमिटरसम्म हुन्छ भने हिउँदमा हिउँ वर्षिन्छ ।
  3. न्यून तापक्रम र न्यून वर्षाको कारणले यहाँ खेतीपाती अत्यन्तै कम हुन्छ र जीवन कष्टकर भए पनि स्वास्थ्यको दृष्टिले यस्तो हावापानी उपयुक्त मानिन्छ ।

लेकाली हावापानी

  1. ३३०० मिटरदेखि ५००० मिटर उचाइसम्मको हिमाली क्षेत्रको शुष्क ठण्डा हावापानीलाई लेकाली हावापानी भनिन्छ ।
  2. यो क्षेत्रमा गर्मीमा १०—१५ डिग्री से. सम्म तापक्रम पाइन्छ भने जाडोमा ० डिग्री सेल्सियम भन्दा तल पुग्दछ ।
  3. यहाँ वर्षा वर्षभरिमा करिब ४० सेन्टिमिटरसम्म हुन्छ ।
  4. यस्तो हावापानी भएको क्षेत्रमा खेतीपाती हुँदैन तर पशुपालनका लागि राम्रो मानिन्छ ।


टुण्ड्रा हावापानी ( हिमाली हावापानी )

  1. समुन्द्र सतहबाट ५००० मिटरभन्दा माथिको उचार्इमा रहेको उच्च हिमाली क्षेत्रमा पाइने हावापानीलाई टुण्ड्रा हावापानी भनिन्छ । यसलाई लेकाली हावापानी पनि भनिन्छ ।
  2. यहाँको तापक्रम ० डिग्री सेल्सियसभन्दा कम र वर्षाको रूपमा हिउँनै वर्षन्छ ।
  3. यहाँ मध्यान्हपछि हिउँको भीषण हुरी चल्दछ ।
  4. यहाँको हावापानीलाई हिमाली मरुभूमि जलवायु पनि भनिन्छ ।

 हावापानीको आधारमा ऋतुहरूको विभाजन

 

सि.नं. महिना  ऋतुको नाम बिशेषता
चैत र बैशाख वसन्त ऋतु हरियाली तथा रमाईलो वातावरण
जेठ र असार ग्रीष्म ऋतु अत्यन्त गर्मी हुने
साउन र भदौ वर्षा ऋतु अत्यधिक वर्षा हुने
असोज र कात्तिक शरद ऋतु  अनुकूल वातावरण
मंसिर र पुस हेमन्त ऋतु ठन्डा वा चिसोको अनुभव
माघ र फागुन शिशिर ऋतु हिँउ पर्ने बढी जाडो हुने

हावापानीमा प्रभाव पार्ने तत्वहरु

-    अक्षाशं
-    उचाई र सामुद्रिक दुरी
-    पर्वत र जंगलको अवस्थिति
-    जमिनको सतह
-    माटोको प्रकृति


Other Topics

S.N Title Description
1 जिवन/निर्जीवन र स्वास्थ्य विमा भन्नाले के बुझिन्छ
2 जग्गाको वर्गिकरण
3 सम्पत्ति शुद्धिकरण सम्बन्धी महासन्धी
4 लोकसेवा आयोगको गठन र यसको काम, कर्तव्य र अधिकार:
5 नेपालमा प्रयोगमा रहेको लेखा /स्रेस्ता प्रणाली
6 Telemedicine को वारेमा लेख्नुहोस ।
7 Career News and Info असार २५, २०७४
8 Career News and Info वैशाख १०, २०७५
9 सुधारिएको चुलो
10 वातावरण व्यवस्थापन भनेको के हो ?
Please login to view more important topics.