Notice

Loksewa Updates

महत्वपूर्ण सामान्य ज्ञान

जलसम्पदा

जल प्राप्त हुने सबै किसिमका स्रोतहरूको समष्टिलाई जलसम्पदा भनिन्छ । जुन प्राकृतिक स्रोतको रूपमा नदी, ताल, पोखरी, झरना लगायतका बिभिन्न स्वरूपमा
पाइन्छ ।
–    जलसम्पदा नेपालको एक महत्वपूर्ण प्राकृतिक संसाधन हो ।
–    जलसम्पदाको दृष्टिले नेपाल ब्राजिलपछि विश्वको दोस्रो धनी राष्ट्र र एसियामा पहिलो राष्ट्र मानिन्छ ।
–    देशको आर्थिक विकासका लागि महत्वपूर्ण स्थान ओगट्ने हिमनदी, नदी, ताल आदिको समष्टि स्वरूपलाई नै जलसम्पदा भनिन्छ ।
–    नेपालको जलसम्पदाको प्रमुख स्रोतहरू भनेको   हिमनदीहरू  नदीहरू (करिब ६ हजारभन्दा बढी नदीनालाहरू) विभिन्न स्थानमा रहेका ताल, तलैया र कुण्डहरू आदि हुन् ।
–    नेपालको कूल क्षेत्रफलको ३.९% भू–भाग नदीनालाले ओगटेको पाइन्छ ।
–    २ लाख २ हजार मिलियन क्युविक मिटर जल भण्डार क्षमता रहेको मानिने नेपालका नदीनालाबाट लगभग ८३ हजार मेगावाट विद्युत उत्पादन गर्न सकिन्छ भने आर्थिक तथा प्राविधिक दृष्टिकोणले ४२,००० मेगावाट विद्युत उत्पादन गर्न सकिने अनुमान छ । नेपालको कूल क्षेत्रफल मध्ये करिव २६लाख ४१हजार हेक्टर कृषि योग्य जमिन भएको अनुमान छ । भौगोलिक बनावट तथा जमिनको अवस्थितिका कारण करिव १७ लाख ६६ हजार हेक्टर जमिनमा सिंचाई सुबिधा पु-याउन सकिने संभावना छ  ।

जलसम्पदाको महत्वः

जलसम्पदाको महत्वलाई निम्न बुँदाहरुबाट प्रष्ट पार्न सकिन्छ :
– नेपालको अपार जलसम्पदाबाट जलविद्युत उत्पादन गरी बढी भएको विद्युत शक्ति निर्यात गरी white dollar आर्जन गर्न सकिन्छ ।
– जलसम्पदाको माध्यमबाट यातायात एवं पर्यटकीय क्रियाकलाप संचालन गर्न सहयोग पुग्छ ।
– खानेपानी तथा सरसफाइको मुख्य स्रोत हो ।
– जलसम्पदालाई सिंचाई तथा मत्ष्यपालन कार्यमा प्रयोग गरी कृषि उत्पादनमा वृद्धि गर्न सकिन्छ ।
– आन्तरिक तथा बाह्य पर्यटनलाई टेवा पुग्दछ ।
– औद्योगिक क्षेत्रको विकास गर्न सकिन्छ । (विद्युत, पानी आदि मार्फत)


Other Topics

S.N Title Description
1 ईपीआई २०१४
2 Career News and Info असार २२, २०७४
3 भण्डारखाल पर्व
4 नेपालमा आन्तरिक तथा अन्तिम लेखापरीक्षण
5 विश्वको सबैभन्दा ठूलो थान्का
6 चन्द्रनिघण्टु
7 युरो के हो ?
8 Career News and Info चैत्र १४, २०७३
9 बहुक्षेत्रीय पोषण योजना
10 नइ खरा पुरस्कार
Please login to view more important topics.