Notice

नेपालका नदीहरू

नेपालमा साना ठूला गरी  लामा ६,००० भन्दा बढी नदीनालाहरु रहेका छन् । जसको कूल लम्बाई ४५,००० कि.मी. भन्दा बढी हुन आउँछ । ठूलो जलभण्डारका अतिरिक्त हिमालय प्रदेशदेखि निरन्तर वहने नदीहरुको वहाव क्षमताका कारण देशमा ८३,००० मेघावाट भन्दा बढी जलविद्युत क्षमता रहेको र आर्थिक तथा प्राविधिक दृष्टिले समेत ४२००० मेघावाट जल बिद्युत निकाल्न सकिन्छ । 

नदीहरुको स्तर विभाजन :

नेपालका नदीहरुलाई तिनीहरुको स्थायीत्व र पानी उद्गम स्रोतको आधारमा निम्नानुसार ३ श्रेणीमा विभाजन गर्न सकिन्छ :–

पहिलोस्तरका नदीहरु

हिमालयको काखबाट उत्पत्ति भई निरन्तर रुपमा प्रवाहित हुने नदिहरु जस्तै : सप्तकोशी, सप्तगण्डकी र कर्णाली जस्ता ठूला नदीहरु पहिलो स्तरका नदीमा पर्दछन् । यस प्रकारको नदीहरु स्थायी प्रकृतिका भएकोले सिंचाई र जलविद्युत उत्पादन गर्न मजबुत स्रोतको रुपमा काम गर्छन् । 

दोस्रो स्तरका नदीहरु

महाभारत पर्वतबाट उत्पन्न भई स्थायी रुपले बहने तर हिउँदको समयमा पानीको मात्रा कम र वर्षातको समयमा बढी हुने जस्तै : कमला, कन्काई, त्रियुगा, बागमती, मेची, तिनाउ, वणगंगा आदि नदीहरु दोस्रो स्तरका नदीहरु हुन् ।

तेस्रोस्तरका नदीहरु

चुरे पहाडलाई मूल बनाई निस्केका, मनसुनी वर्षामा निर्भर रहने र हिउँदको समयमा सुख्खा रहने खालका नदीहरु जस्तै : सिर्सिया, तिलावे, जमुनी, रातु, हर्दिनाथ, डुन्डुवा आदि ।

नदीको किनारमा अवस्थित शहरहरू

स्थानको नाम नदी
काठमाडौं वागमती
पोखरा सेती
कुस्मा मोदी
गमगढी मुगु कर्णाली
बराह क्षेत्र कोशी
जुम्ला तिला
जुम्ली खलंगा सानी भेरी
तुम्लिङटार /दिङला अरुण
तौलिहवा वाण गंगा
धनगढी मोहना
धनुषा हर्दिनाथ
पनौती पद्मावती /लिलावती
पुतली बजार आँधिखोला
दमौली मादी
जोमसोम कालीगण्डकी
मन्थली तामाकोशी
बुटवल तिनाउ
महेन्द्रनगर महाकाली
विराटनगर बक्राहा
दुनै ठूली भेरी
बेशीसहर मस्र्याङ्दी
नारायणघाट नारायणी नदी
बाग्लुङ कालीगण्डकी

   नेपालका बिभिन्न नदीहरूको उद्गमस्थल

नदी उद्गम स्थल    नदी उद्गम स्थल
वागमती वाग्द्वार बिष्णुमती सपनतिर्थ
कालीगण्डकी दामोदर हिमाल सेती नदी (पश्चिम) सैपाल
सेती नदी अन्नपूर्ण हिमाल तामाकोशी गौरीशंकर
मादी लमजुङ हिमाल सानोभेरी धौलागिरी
लिखु रोल्वालिङ हिमाल तिनाउ चुरे पर्वत
बुढी गण्डकी लद्दाख हिमाल ठूलो भेरी कान्जिरोवा हिमाल
झिमरुक गौमुखी ईन्द्रावती जुगल हिमालको पाँच पोखरी दह
हुम्ला कर्णाली तिब्बत मानसरोवर छेउ दरौदी बुद्घ हिमाल
मस्र्याङ्दी दामोदर हिमाल मेची लालीखर्क
दुधकोशी महालंगुर बुढी गंगा जगदुल्ला ताल
तमोर कुम्भकर्ण हिमाल महाकाली अपी हिमाल/जस्कर हिमाल

भारतमा पुगेपछि नेपालका नदीहरूको परिवर्तित नाम

कन्काई बिरिङ
महाकाली शारदा
बबई सरयु
कर्णाली घाँघरा
कोशी दामोदर
मेची महानन्दा


    केही नदीहरूको पौराणिक नाम

अरुण महाप्रभा
मनोहरा मणीमती
वाणगंगा भागरीथी
हनुमन्ते हनुमती
धोबिखोला रुद्रमती
टुकुचा इच्छुमती
नख्खुखोला प्रभावती
भचाखुसी भद्रमती
चेपे चम्पावती
१० झिमरुक धर्मावती
११ तादी सूर्यमती
१२ मादी रत्नधारा
१३ राप्ती  अचिरावती
१४ लिखु हेमगंगा
१५ त्रिशुली धर्मधारा
१६ सेतीगण्डकी सुवर्ण सरिता
१७ काली गण्डकी कृष्ण गण्डकी
१८ बुढी गण्डकी यशोधरा
१९   दरौदी विश्वधारा
२० कर्णाली पञ्चेश्वरी

   
 हिमनदी

हिमाली भागमा परेको हिउँ थुप्रिएर तहतह थपिदै जाँदा माथिल्लो तहको चापले तलतिरको हिउँ बग्न थाल्दछ यसरी बगेको हिउँको प्रवाहलाई हिमनदी भनिन्छ ।
नेपालको सबभन्दा लामो हिमनदी खुम्बु हिमनदी (३२कि.मी.) र ठूलो हिमनदी लाङटाङ  (२० कि.मी छ)

नेपालका अन्य मुख्य हिमनदीहरु यस प्रकार छन् ।

-    लाङटाङ
-    खुम्बु
-    यालुङ
-    हन्कु
-    नगुम्पा
-    टुक्चे आदि ।
 

भोटमा मूल भएका नदीहरु

क)    अरुण
ख)    तामाकोशी
घ)    कर्णाली
घ)    त्रिशुली
ङ)    सुनकोशी
च)    तमोर
 
    
जलविद्युत निस्कासन क्षमता र नदीहरु :

नेपालको प्रमुख तीन नदीहरु कोशी, गण्डकी र कर्णाली कूल जलसम्पदाको ९०% स्थान ओगट्दै देहाय वमोजिमको जलविद्युत क्षमता रहेको छ ।
कर्णाली नदी:    ३२००० मे.वा.
कोशी नदी:     २२००० मे.वा.
गन्डकी नदी:      २१००० मे.वा.
अन्य नदी :     ८०००  मे.वा.
नेपालको कूल क्षेत्रफलको ३.९% भाग नदीनालाहरुले ओगटेको छ ।


  नदीको आधारमा नेपालको विभाजन

नेपालका नदीहरुलाई तिनीहरुको वहाव क्षेत्रको आधारमा तीन भागमा विभाजन गरिएको छ ।

क) कोशी प्रदेश :

क) पूर्वमा कन्चनजंघा देखि पश्चिममा लाङ्टाङ् हिमाल बिचको कोशी नदी प्रभावित क्षेत्रलाई नै कोशी प्रदेश भनिन्छ ।
ख) कौशिक ऋषीको नामबाट नामाकरण भएको यस नदीको लम्वाइ ७२० किमी छ भने नेपालभित्र मात्र यसको लम्वाई १५२ किमी छ ।
ग) यसको वहाव क्षमता सालाखाला १५६४ घनमिटर प्रतिसेकेन्ड रहेको छ ।
घ) यस नदीले करिव ३३००० बर्ग किमी क्षेत्र सिंचित गरेको छ ।
ङ) यस नदीका प्रमुख सहायक नदीहरुमा सुनकोशी, दुधकोशी, इन्द्रावती, तामाकोशी, अरुण, तमोर र लिखु हुन् । यी मध्ये सबैभन्दा सानो लिखु र सबैभन्दा ठूलो अरुण हो ।
च) बिहारको दुःख समेत भनिने कोशी नदीलाई भारतमा दामोदर नदी भनिन्छ ।
छ) भारत प्रवेश गरेपछि करसेला भन्ने स्थानमा पुगेर गंगा नदीमा मिसिन्छ ।

ख) गण्डकी प्रदेश :

क) पूर्वमा लाङ्टाङ् देखि पश्चिममा धौलागीरी हिमाल सम्मको भू–भाग नै गण्डकी प्रदेश हो ।
ख) गण्डक ऋषीको नामबाट नामाकरण भएको नेपालको सबैभन्दा गहिरो यसै नदिको नामबाट यस प्रदेशको नामाकरण गरिएको छ  ।
ग) गण्डकी नदी प्रवाहित क्षेत्रमा करिब २६००० वर्ग किमी क्षेत्र सिंचित रहेको छ ।
घ) गण्डकी नदीको कूल लम्बाइ ३३८ किमी (मुस्ताङ देखि भैसालोटन सम्म ) छ ।
ङ) यसको वहाव क्षमता १७०० घन मिटर प्रतिसेकेन्ड छ । भने २१००० मेघावाट विद्युत निकाल्न सकिन्छ ।
च) सप्त गण्डकीको नामले प्रख्यात यस नदीका सहायक नदीहरु त्रिशुली, बुढी गण्डकी, मस्र्याङ्दी, मादी, सेती, दरौदी र काली गण्डकी हुन् ।
छ) सप्त गण्डकीमध्ये काली गण्डकी सबैभन्दा ठूलो र शालीग्राम पाइने एक मात्र नेपालको नदी हो भने
 यसको सबैभन्दा सानो सहायक नदी त्रिशुली हो ।

ग) कर्णाली प्रदेश :

•    पूर्वमा धौलागिरी हिमालदेखि पश्चिममा व्यासऋषी हिमाल सम्म कर्णाली नदी प्रभावित क्षेत्रलाई कर्णाली प्रदेश भनिन्छ ।
•    कूल ५०७ कि.मि लम्बाई भएको नेपालको भू–भागमा सबैभन्दा लामो नदी कोशीको वहाव क्षमता करिब १३०० घन मिटर प्रतिसेकेन्ड रहेको छ ।
•    यसले झन्डै ४९००० वर्ग किलोमिटर क्षेत्र सिंचित गरेको छ ।
•    यस प्रदेशका नदीहरुबाट करिब ३२००० मेघावाट विद्युत निकाल्न सकिन्छ ।
•    भारतमा घाँघरा नदीको नामबाट चिनिने यस नदीका सहायक नदीहरुमा हुम्ला कर्णाली, मुगु कर्णाली, ठूलो भेरी, सानी भेरी, तिला, बुढीगंगा र सेती हुन् ।
•    कोशी नदिमा २०३८ सालमा विश्वकै दुर्लभ मानिने सोप (डल्फिन) भेटिएको थियो ।
 

   
 


Other Topics

S.N Title Description
1 EVDO सेवा
2 Career News and Info २०७५ जेठ १ देखि ३१
3 Career News and Info जेठ ८, २०७४
4 चिकित्सकहरुको परामर्श शुल्क
5 ईपीआई २०१४
6 नेपाल प्रज्ञा प्रतिष्ठानका पुरस्कारहरु
7 Career News and Info असार २३, २०७४
8 पर्यावरणीय संरक्षण भन्नाले के बुझिन्छ ?
9 राष्ट्रिय जनगणना २०६८/मातृभाषाका आधारमा जनसंख्या
10 नेपालमा रहेका मध्यवर्ती क्षेत्रहरू
Please login to view more important topics.