Notice

Loksewa Updates

महत्वपूर्ण सामान्य ज्ञान

नेपालमा विभिन्न आधारमा वनहरुको विभाजन

१)    उपोष्ण सदावहार वन

तराई भावर, दुन र चुरे पहाडको करिब १२०० मिटर(समुद्र सतहबाट)सम्मको उचार्इमा अग्ला, मोटा तथा सदावहार प्रकृतिको रुखहरू पाइने वन क्षेत्रफललाई उपोष्ण प्रदेशीय सदाबहार वन भनिन्छ ।
–    यस क्षेत्रमा वर्षा र तापक्रम प्रशस्त हुने ।
–    साल, सिसौ, खयर, सतिसाल, सिमल आदि कडा खालका रुखहरू पाइने ।
–    चारकोशे झाडीको रूपमा समेत चिनिने
–    बाघ, भालु, गैडा, हात्ती तथा विभिन्न चराचुरुङ्गी र अजिङ्गर, गोही सोस आदि घस्रने जीवहरू समेत पाइने ।

२)    मौसमी समशीतोष्ण पतझर वन

–    १२०० देखि २१०० मिटरसम्मको उचार्ईमा मौसमी पतझर वन पाइन्छ । हिउँदमा पात झर्ने हुनाले यस्तो वनलाई मौसमी पतझर वन भनिन्छ ।
–    साल, सल्ला, चाप, कटुस, ओखर, उत्तीस आदि रुखहरू पाइने ।
–    वर्षा र तापक्रम बढी हुँदा यस क्षेत्रका वनका रुख अग्ला र मोटा हुन्छन ।
–    बाघ, भालु, हरिण, चितुवा जस्ता जनावरका साथै विबिध प्रजातिका पंक्षीहरु  पाइने ।

३)    कोणधारी वन

_    महाभारत पर्वतको करिव २१०० मिटरदेखि ३३०० मिटरसम्म उचार्ईमा यस्तो वन पाइन्छ,
_   बढीजसो समय ठण्डा हुने र  हिउँ परिरहने हुँदा यस्तो वनका रुखका पातहरु माथितिर चुच्चो परेको अर्थात कोण आकारको हुने हुँदा कोणधारी वन भनिन्छ ।
_    सल्ला देबदारु, धुपी, कटुस प्रायशः चुच्चो परेका रुखहरू पाइन्छन् ।
_    हरिण, मृग, घोरल जस्ता जनावरका साथै डाँफे,मुनाल र च्याखुरा जस्ता पंक्षीहरू पाइन्छन् ।

४)    लेकाली वन (अल्पाइन वनस्पति)

_    ३३०० मिटरदेखि ५००० मिटरसम्मको उच्च पहाडी तथा हिमाली प्रदेशमा यस प्रकृतिको वन पाइन्छ ।
_    वर्षैभरि चिसो र शुष्क जलवायु हुने हुँदा यहाँका रुखहरु होचा र झाडीदार पाइन्छन ।
_    करिब ३६०० मिटरसम्मको उचाईमा झाडी र सोभन्दा माथि सुख्खा घाँसयुक्त वनस्पति पाइन्छ ।

५)    टुन्ड्रा वनस्पति (हिमाली सुख्खा वनस्पति)

_    ५००० मि. माथिको उचार्ई, बाह्रै महिना हिउँ, वनस्पति प्रायः नपाइने,
_    हिमालका खोच र ढाँडमा काई र लेउ पाइने (वनस्पति विहीन क्षेत्र पनि भनिने) ।


                                           नेपालको वन जंगलको वर्गीकरण
वन ऐन, २०४९ अनुसार नेपालको वनजंगलाई देहाय बमोजिम सात प्रकारमा वर्गीकरण गरिएको छ ।
    क)    राष्ट्रिय वन
    ख)    सरकारद्वारा व्यवस्थित वन
    ग)    संरक्षित वन
    घ)    कबुलियती वन
    ङ)    सामुदायिक वन
    च)    धार्मिक वन
    छ)    निजी वन

 स्वामित्वको हिसाबले वनको वर्गीकरण
     १)    निजी वन
     २)   सरकारी वन
     ३)    सामुदायिक वन
     ४)   कबुलियती वन  
 


Other Topics

S.N Title Description
1 अनलाईन मार्फत कम्पनी दर्ता शुरु
2 गोल्ड ईटीएफ भनेको के हो ?
3 एउटै कृतिबाट साझा र मदन पुरस्कार पाउने साहित्यकार
4 Career News and Info असार ७, २०७४
5 Kharidar Model Exam Set - 2
6 नेपालको पाँचौं ठूलो वाणिज्य बैंक एनआईसी एशिया बैंक
7 Career News and Info चैत्र २४, २०७३
8 नेपालको कृषि प्रणालीको विशेषता
9 जी.एन.एस.एस. प्रविधि
10 DNA Bank
Please login to view more important topics.