Notice

Loksewa Updates

महत्वपूर्ण सामान्य ज्ञान

समावेशीकरण

    जातीय, वर्गीय, भौगोलिक र भाषिक आदि कारणवस राज्यको मूल प्रवाहमा आउन नसकेको वर्गलाई शासकीय प्रणालीका विभिन्न आयामहरू जस्तो राजनैतिक, प्रशासनिक आदिमा मूल प्रवाहीकरण गर्ने कार्यनै समावेशीकरण हो । समावेशीकरणले वञ्चिति अवस्थामा परेका वा पारिएका समुदायलाई शक्ति र साधनमा न्यायोचित साझेदारी कायम गरी न्यायपूर्ण समाज निर्माण गर्दछ ।
    त्यसैले समाबेशीकरणलाई सबै जातजाति भाषा धर्म लिङ्ग पेशा तथा बर्गको आवाज छनौट र अधिकार स्थापित गर्ने प्रक्रियाको रूपमा लिइन्छ ।

अन्तरिम संविधान, २०६३ मा समावेशीकरणः

धारा २१ मा “सामाजिक न्यायको हक” अन्तर्गत
_   आर्थिक, सामाजिक वा शैक्षिक दृष्टिले पछाडि परेका महिला, दलित, आदिवासी जनजाति, मधेसी समुदाय, उत्पिडित वर्ग, गरिब किसान र मजदुरलाई समानुपातिक समावेशी सिद्धान्तको आधारमा राज्यको संरचनामा सहभागी हुने हक हुने उल्लेख गरिएको छ ।
_   राज्यको दायित्व अन्तर्गत वर्गीय, जातीय, लैंगिक, सांस्कृतिक, धार्मिक र क्षेत्रीय भेदभावको अन्त गर्दै ..............................राज्यको समावेशी, लोकतान्त्रिक र अग्रगामी पुनसंरचना गर्ने उल्लेख गरिएको ।
_   संविधानसभामा समानुपातिक निर्वाचन प्रणाली अनुसार निर्वाचनका लागि उमेदवारी दिँदा ३३% महिला अनिवार्य गरिएको छ ।

निजामती सेवामा समावेशीकरणः

    समावेशी निजामती सेवाको निम्ति खुल्ला प्रतियोगिताद्वारा पूर्ति हुने पदहरूमध्ये ४५ प्रतिशत पद छुट्याई सो प्रतिशतलाई सत प्रतिशत मानी देहाय बमोजिमका उमेद्वारबीचमा मात्र छुटाछुट्टै प्रतिस्पर्धा गराई पदपूर्ति गरिने व्यवस्था छ :

महिला  ३३ %
आदिवासी/जनजाति २७ %
मधेसी २२ %
दलित   ९ %
अपांग    ५ %
पिछडिएको  क्षेत्र ४ %

समावेशिताको प्रबद्र्धन गर्न निजामती सेवा ऐन/नियमावलीमा महिला कर्मचारीका लागि भएको विशेष व्यवस्था : 
–    परीक्षण काल – ६ महिना मात्र भए हुने,
–    निजामती सेवामा प्रवेशको लागि उमेर हद –४० वर्ष
–    ५ वर्ष अविच्छिन्न सेवा गरेको अस्थायी कर्मचारीले एक पटक उमेद्वार हुन उमेरको हद नलाग्ने  ।
–    बढुवा हुनको लागि सम्भाव्य उमेद्वार हुन १ वर्ष कम भए पुग्ने 


Other Topics

S.N Title Description
1 एउटा किताब साक्षरता अभियान –२०१५
2 दुई तिहाई बहुमतले पारित गर्नुपर्ने सन्धि/ सम्झौता
3 नेपालले दोहोरो करमुक्ति सम्झौता गरेका मुलुकहरु
4 भिट्याक्स भनेको के हो ?
5 नागरिक समाज परिचय
6 १६ औं असंलग्न राष्ट्रहरुको सम्मेलन इरानमा
7 परमाणु सुरक्षा सम्बन्धी सम्मेलन
8 Career News and Info भाद्र १५, २०७४
9 मेड इन नेपाल :
10 Career News and Info चैत्र २२, २०७३
Please login to view more important topics.