Notice

Loksewa Updates

महत्वपूर्ण सामान्य ज्ञान

एकल कोष खाता प्रणाली (TSA)

सञ्चित कोषको सञ्चालन र ब्यबस्थापन गर्नका लागि तर्जुमा गरिएको ब्यवस्थालाई Treasury Single Account भनिन्छ । यसले बिभिन्न भुक्तानि केन्द्रद्वारा हुने भुक्तानि र आम्दानीलाई फरक फरक खातामा नराखि एकै खाता मार्फत कारोवार संचालन गर्दछ । नेपालका बिभिन्न जिल्लागत रूपमा राजस्व आम्दानी र बजेट खर्चको नगद व्यवस्थापन सम्बन्धी कार्य गर्न प्रत्येक जिल्लास्थित कोष तथा लेखा नियन्त्रक कार्यालयलाई जिम्मेवारी दिने प्रणाली एकल कोष खाता प्रणाली (Treasury Single Account) को रुपमा स्थापना गरिएको छ ।
यसले वर्तमान ४,००० भन्दा बढी भुक्तानी केन्द्रका १२,००० भन्दा बढी खातालाई प्रतिस्थापन गरेको छ । अव केवल ७५ जिल्लाको कोष तथा लेखा नियन्त्रक कार्यालयको नाउँमा मात्र बैंक खाता हुन्छन् । २०६६ मंसिर १ गते देखि भक्तपुर जिल्लाबाट सुरु भई हाल ७५जिल्लामानै  यो प्रणाली लागू भएको छ । यस कार्यमा नेपाल सरकारलाई IMF ले परामर्श दातृ संस्थाको रूपमा सहयोग गरिरहेको छ ।

TSA किन ?
_   सरकारी कोषको  दैनिक आम्दानी, खर्च र मौज्दातको हिसाब तयार गर्न सहज बनाउन,
_   सरकारी कोषको रकमलाई पूर्ण उपयोगमा ल्याउन, (विभिन्न खातामा रकम निस्क्रिय रहँदैन )
_   सरकारी खर्च प्रणालीलाई Post Audit प्रणालीद्वारा स्वच्छ बनाउन ।
_   सरकारी कोष सञ्चालन कार्यलाई मितव्ययी बनाउन ।
_   नगद प्रवाह व्यवस्थापन सरल र प्रभावकारी बनाउने । 


Other Topics

S.N Title Description
1 Career News and Info असार १५, २०७४
2 कार्वन व्यापार
3 Krinjal Space अभियान भनेको के हो ?
4 Career News and Info वैशाख २०,२०७५
5 मोटरवाइक टुरिजम भनेको के हो ?
6 नेपालमा रहेका वैदेशिक संयुक्त लगानीका बाणिज्य बैंक
7 DNA Bank
8 नेपालसँग कुटनीतिक सम्बन्ध कायम भएका पछिल्ला ५ राष्ट्रहरु
9 विश्वकप इतिहास
10 मलाला दिवस
Please login to view more important topics.