Notice

लेखापरीक्षण

लेखापरीक्षण परिचयः–

कुनैपनि संस्था,निकाय वा कार्यलयको आर्थिक कारोबारको लेखासंग सम्वन्धित कागजातहरुको स्वतन्त्र, निश्पक्ष एबं उदेश्यमुलक रुपमा गरिने परीक्षण नै लेखापरीक्षण हो ।
अवधारणाः
•   ल्याटिन भाषाको Audire शब्दबाट उत्पत्ति भएको,
•    Audire को अर्थ भन्ने हुन्छ ।
•   लेखा सम्बन्धमा केहि कुरा सुन्नु ,सो हो होइन भनी जाच्ने सम्मका कार्यहरु यसमा पर्दछन ।
•   वैदिककालमा समेत लेखापरीक्षणको चर्चा ।
•   कौटिल्यको समयमा पनि यस सम्वन्धी ब्यबस्था भएको पाइने ।
•   आधुनिक लेखा परीक्षणको बिकास अठारौं शतान्दीमा भएको ।
 

लेखापरीक्षणको उद्धेश्य यस प्रकार छन्
-    त्रुटि पत्ता लगाउने
-    लेखालाई अद्यावधिक बनाउने
-    भ्रष्टाचार भएन भएको पहिचान गर्ने
-    अनुचित तथा भ्रष्टाचार भएकोमा दोषी माथि कारबाही गर्न सिफारिश गर्ने
-    आर्थिक नियन्त्रण गर्ने
-    देशको आर्थिक स्थिति सार्वजनिक गर्ने
-    आर्थिक ऐन नियमको पालना गराउन प्रोत्साहन गर्ने

नेपालमा लेखापरीक्षणको इतिहास

_    कुमारीचोक (वहि बुझाउने अड्डाको रूपमा स्थापना पृथ्वी नारायण शाहद्वारा) १८२८ मा
_    जम्मा नजोड्नु कच्चा नछाड्नु, भन्ने राणाकालिन भनाइ,
_    कुमारीचोक (जंगबहादुर) अड्डा स्थापना –वि.सं. १९०३)
_    १९३० देखि लेखा राख्ने र वही बुझाउने अड्डा भनी पृथक गरियो,
_    २००४ मा प्रधान जाँचकी अड्डा,
_    २०१६ मा महालेखापरीक्षकको व्यवस्था,
_    २०१८ मा काम सुरु (यही वर्ष देखिनै  आ.ले.प. समेत सुरु भएको)
_    २०२० मा पहिलो म.ले.प. प्रतिवेदन,
_   २०२० मा म.ले.प. अञ्चल र जिल्ला कार्यालय स्थापना (२०३३ मा खारेज),
_   २०३४ देखि कार्यमूलकको लेखापरीक्षण सुरुवात,
_    १९०३ देखि पुनः कुमारी चोकनै  नमाकरण
–    २०३२ मा म.ले.नि.का. स्थापना भई केन्द्रमानै  फाइल झिकाई आ.ले.प. गराउनुपर्ने,
–    २०३८/०३९ देखि कोष तथा लेखा नियन्त्रक कार्यालयबाट गराउने गरिएको,
–    २०२८ पछि महालेखापाल कार्यालयद्वारा

 

नेपालमा लेखापरीक्षण कार्यको आधारहरू

१    संविधान (अन्तरिम संविधान २०६३)
२   लेखापरीक्षण ऐन, २०४८
३   आर्थिक कार्य विधि ऐन, २०५५/नियमावली, २०६४
४   सार्वजनिक खरिद ऐन, २०६३ /नियमावली, २०६४
५   भ्रमण खर्च नियमावली, २०६४
६    स्थानीय स्वायत्त शासन ऐन/ नियमावली, २०५६
७   आर्थिक ऐन, २०५५
८    लेखापरीक्षण मापदण्ड
९    लेखापरीक्षण निर्देशिकाहरू
१०   दातृ संस्थाहरूसँगका सम्झौताहरू
११   अन्य सम्बन्धित ऐन कानुनहरू
१२   स्थापित अन्तर्राष्ट्रिय मान्यता र प्रचलनहरू

 आन्तरिक लेखापरीक्षणः–

कुनै पनि संस्था वा निकाय भित्रको आफ्नै आन्तरिक संयन्त्रद्धारा गरिने लेखापरिक्षणलाई आन्तरिक लेखा परीक्षण भनिन्छ । यो कारोबार सँगसँगै हुन्छ । अर्थात आर्थिक बर्ष समाप्त नहुँदै पनि भैरहन्छ । आन्तरिक नियन्त्रणको प्रभाबकारी औजार आन्तरिक लेखापरीक्षण हो । नेपाल सरकारका कार्यलयहरुको आन्तरिक लेखा परीक्षण कोष तथा लेखा नियन्त्रक कार्यालयबाट गरिन्छ भने स्थानीय निकायका कार्यालयमा आफ्नै आन्तरिक लेखापरीक्षण शाखा रहेको हुन्छ । तर गा.वि.स.को जि.वि.स.ले गर्दछ ।

अन्तिम लेखापरीक्षण

कुनै संगठनले एक आर्थिक वर्षमा वा निश्चित अवधिमा सम्पन्न गरेको आर्थिक कारोवारको कुनै स्वतन्त्र निकायद्दारा परीक्षण गराउने प्रकिया लाई नै अन्तिम लेखारिक्षण भनिन्छ । अन्तिम लेखापरीक्षण भइसके पश्चात सामान्यतया अर्को लेखापरीक्षण गरिँदैन । त्यसैले पनि यसलाई अन्तिम लेखापरीक्षण भनिएको हो । नेपाल सरकारको कारोबारको अन्तिम लेखापरिक्षक स्वतन्त्र संवैधानिक निकाय “ महालेखा परीक्षक” द्बारा गरिन्छ ।
 

आन्तरिक र अन्तिम लेखापरीक्षणको भिन्नता  

भिन्नताका आधार  आन्तरिक  अन्तिम
ले. प. गर्ने निकाय    सगंठनभित्रकै इकाई

वाह्य निकाय

 

निकायमा रिपोर्टिङ सगंठनभित्र  राष्ट्रप्रमुख समक्ष
हेर्छ के ? नियमिततामा जोड नियमितता,कार्यदक्षता, प्रभावकारिता, मितव्ययिता,औचित्य समेत हेर्छ ।
औचित्यको आधारमा     
 
गर्दैन गर्छ
उत्तरदायित्व  व्यवस्थापकीय सार्वजनिक वित्तीय
Peroid Ongoing  Ex-post
कार्यक्षेत्र  संगठनभित्र सबै सार्वजनिक निकाय
अधिकारको श्रोत ऐनद्वारा संविधानद्वारा

 

कार्यमूलक लेखापरीक्षण

 

INTOSAI ले गरेको परिभाषा अनुसार:
“लेखापरीक्षण गराउने निकायले आफ्नो दायीत्व पूरा गर्नका लागि उपलब्ध स्रोत र साधनलाई मितब्ययी ,कार्यदक्ष र प्रभावकारी रुपले प्रयोग गरेको छ या छैन भनि परीक्षण गर्ने कार्यलाई नै कार्यमूलक लेखापरीक्षण भनिन्छ ।”

नेपालको अन्तरिम संबिधान २०६३ ले महालेखा परीक्षकको संबैधानिक ब्यबस्था नै गरी कार्यमूलक लेखा परीक्षणका आधारहरुलाई स्पष्ट पारेको छ  ।
 

 

लैंगिक लेखापरीक्षण

सरकारी क्रियाकलाप र विकास गतिविधिहरुमा महिलाहरुको सहभागिता, पहुँज र प्रतिफल प्राप्तिको दृष्टिबाट गरिने परीक्षणलाई लैगिक लेखापरीक्षण भनिन्छ ।

सम्परीक्षण

महालेखा परीक्षकको कार्यालयबाट लेखापरीक्षणको कार्य संपन्न भैसके पश्चात सो सम्बन्धमा उठेका सवालहरुमा सम्बन्धित लेखा राख्ने निकायद्वारा जवाफ ,प्रमाण पेश गर्ने र महालेखा परीक्षकको कार्यालयद्वारा पुन: परीक्षण गर्ने कार्यलाई संपरीक्षण भनिन्छ । संक्षेपमा   

  • बेरुजुको पूनः परीक्षण,
  • महालेखा परीक्षकको कार्यालयबाट हुने,
  • बेरुजु फ.समितिबाट गरिने पारिक्षण र सार्वजनिक लेखा समितिबाट  गरिने परीक्षणलाई समेत संपरिक्षण भनिन्छ,
  • कतिपय देशमा स्वतन्त्र निकायबाट समेत हुने गरेको छ ।

 


Other Topics

S.N Title Description
1 सेभाक
2 विश्वकप फुटवल बिजेता राष्ट्रहरुको सूची/भएको स्थान
3 पञ्चाशिलका सिद्धान्तहरु
4 गुरिल्ला ट्रेक
5 DNA Bank
6 DRP खारेज
7 लुम्विनीको शान्तिदीप कोरीयामा
8 मोति पुरस्कार २०७०
9 Career News and Info श्रावण ९, २०७४
10 होम स्टे (Home Stay) भनेको के हो ?
Please login to view more important topics.