Notice

Loksewa Updates

महत्वपूर्ण सामान्य ज्ञान

राजस्व स्रेस्ता/लेखा प्रणाली

कर तथा गैरकर जन्य राजस्व रकम असूल गरी नेपाल सरकारको सर्वसञ्चित कोषमा दाखिला गर्ने, सोको लेखा राख्ने र त्यसको प्रतिवेदन गर्नेसम्मका कार्यहरू गर्न तयार गरिएको प्रणालीलाईनै राजस्व लेखा प्रणाली भनिन्छ ।

 राजस्व स्रेस्ता/लेखा कसले तयार गर्छ ?

राजस्व लेखा/स्रेस्ता राजस्व आर्जन गर्ने प्रत्येक कार्यालयले राख्नुपर्छ । जिल्लास्तरमा आम्दानी भएको राजस्वको एकीकृत विवरण कोष तथा लेखा नियन्त्रक कार्यालयले, विभाग/मन्त्रालय अन्तर्गत भएको केन्द्रीय विवरण विभाग/मन्त्रालयले र एकीकृत केन्द्रीय विवरण महालेखा नियन्त्रक कार्यालयले तयार गर्दछ ।

राजस्व लेखा/स्रेस्ता प्रणालीमा प्रयोग हुने फारामहरू बारेमा लेख्नुहोस् ।
राजस्व लेखा निर्देशिका–२०६३ अनुसार राजस्व लेखामा प्रयोग हुने फारामहरू निम्नानुसार छन्
क)    आन्तरिक राजस्व कार्यालयमा पठाउने मासिक विवरण अनुसूची–९, यो फाराम. को.ले.नि.का.ले पठाउँछ ।
ख)    राजस्व आम्दानी रसिद (म.ले.प.फा.नं.११)
ग)    राजस्व आम्दानीको दैनिक नगद प्राप्ति खाता (म.ले.प.फा.नं.१०८ क)
घ)    राजस्व आम्दानीको दैनिक बैंक भौचर खाता  (म.ले.प.फा.नं.१०८ ख)
ङ)    नगद राजस्व आम्दानी बैंक दाखिला विवरण (म.ले.प.फा.नं.१०९)
च)    गोश्वारा भौचर (म.ले.प.फा.नं.१० क)
छ)    राजस्व आम्दानीको दैनिक गोश्वारा खाता (म.ले.प.फा.नं.१०८)
ज)    राजस्व आम्दानी बैंक नगदी किताब (म.ले.प.फा.नं.२३)
भ).    राजस्व सम्बन्धी मासिक प्रतिवेदन (म.ले.प.फा.नं.९)
ञ)    राजस्वको बैंक हिसाब मिलान फाराम (म.ले.प.फा.नं.१५क)
ट)    राजस्वको वार्षिक आर्थिक विवरण (म.ले.प.फा.नं.१९३)
ठ)     राजस्वको बैंक हिसाब विवरण (अनुसूची–११.५) आदिनै प्रमुख
फारामहरू हुन् ।

नयाँ राजस्व लेखा प्रणाली

नेपाल सरकारले महालेखा नियन्त्रक कार्यालयमार्फत २०६३/०६४ देखि दोहोरो लेखा प्रणालीमा आधारित राजस्व स्रेस्ता प्रणाली सुरु गरेको छ । जस अनुसार राजस्व आर्जन गर्ने प्रत्येक कार्यालयमा Non- Operative Bank Account (रकम जम्मा मात्र हुने खर्च नहुने) खाता खोलिन्छ । यो खाता खोलिदिने कार्य कोष तथा लेखा नियन्त्रक कार्यालयबाट गरिन्छ ।
ती खाताहरू सरकारी कारोबार गर्न इजाजत प्राप्त बैंकहरूमा रहन्छन् । यस्तो राजस्व आम्दानीको लेखाको मासिक तथा वार्षिक प्रतिवेदन को.ले.नि.का. र तालुक कार्यालयमा दिनुपर्छ । यस्तो कारोबारको वार्षिक एकीकृत विवरण प्रत्येक मन्त्रालय÷विभागबाट प्राप्त विवरणको आधारमा म.ले.नि.का.ले तयार गर्दछ ।

नयाँ राजस्व तथा वर्गीकरण

_  सरकारी आम्दानी, खर्च र लगानीलाई अन्तर्राष्ट्रिय मापदण्ड अनुरूप बनाउने उद्देश्यले IMF को सरकारी वित्तीय तथ्यांङ्कसँग मेल खाने गरी यो आर्थिक संकेत तथा वर्गीकरण तयार गरिएको हो ।
_    यस वर्गीकरण अनुसार– १०,००० देखि १९,९९९ सम्म राजस्व तथा अनुदान शीर्षकमा वर्गीकरण गरिएको छ ।
_   यस वर्गीकरण अनुसार अन्तमा ३ वटा शून्य भएको शीर्षकलाई आधार शीर्षक, २ वटा शून्य भएको शीर्षकलाई मूल शीर्षक १ वटा शून्य भएकोलाई शीर्षक र बाँकी अन्य राजस्व शीर्षकलाई उप–शीर्षक भनिएको छ ।
_   राजस्व उप–शीर्षकमा मात्र राजस्व जम्मा गर्न मिल्छ, अन्यमा मिल्दैन ।

 


Other Topics

S.N Title Description
1 रियो प्लस सम्मेलन
2 आजको खबर–१७
3 आर्थिक तथा सामाजिक परिषदका सदस्यहरु
4 Career News and Info चैत्र ११, २०७३
5 परमाणु सुरक्षा सम्बन्धी सम्मेलन
6 अपरेशन जलकुम्भी
7 के हो परियोजना बैंक ?
8 Career News and Info असार ३, २०७४
9 यार्सागुम्बा
10 नेपालको पाँचौं ठूलो वाणिज्य बैंक एनआईसी एशिया बैंक
Please login to view more important topics.