Notice

धरौटी स्रेस्ता प्रणाली

    धरौटी आम्दानी गर्ने, धरौटी खर्च गर्ने, त्यसको वार्षिक विवरण तयार पार्ने लगायतका कार्यसँग सम्बन्धित धरौटी भौचर, खाता, प्रतिवेदन, फारामहरू आदि कागजातलाई धरौटी स्रेस्ता भनिन्छ ।
 कस्तो–कस्तो अवस्थामा धरौटी जम्मा गर्न सकिने व्यवस्था छ ?
आर्थिक कार्यविधि नियमावली २०६४ अनुसार निम्न अवस्थामा धरौटी रकम जम्मा गर्न सकिने व्यवस्था छ ।
क)    नेपाल सरकारलाई बुझाउनु पर्ने राजस्व अग्रिम रूपमा बुझाउन,
ख)    नेपाल सरकारलाई बुझाउनु पर्ने राजस्व कति बुझाउनु पर्ने हो भन्ने निर्णय नहुँदै त्यस्तो राजस्व रकम अग्रिम रूपमा बुझाउन,
ग)    बोलपत्र वा लिलाममा भाग लिनको लागि कार्यालयले तोकेको रकम दाखिला गर्न,
घ)    कुनै काम गर्नु अगावै कुनै रकम अग्रिम धरौटी राख्नुपर्ने भनी सर्त भएमा त्यस्तो सर्त पूरा गर्न ।
ङ)    नेपाल सरकार वा अदालत वा कुनै कार्यालयले मागेको धरौटी जमानत बुझाउन ।
च)    अन्य कुनै कारणबाट धरौटी राख्नुपर्ने भए त्यस्तो रकम बुझाउन ।

 धरौटी खाता भनेको के हो ?

    धरौटी रहने प्रत्येक कार्यालयले महालेखा नियन्त्रक कार्यालय वा सम्बन्धित कोष तथा लेखा नियन्त्रक कार्यालयले तोकेको बैंकमा खाता खोली धरौटी राख्नुपर्नेछ । यसलाईनै धरौटी खाता भनिन्छ । खातामा रकम जम्मा गर्नुपूर्व सम्बन्धित व्यक्ति वा संस्थाले २ प्रति भौचर भरी खातामा जम्मा गर्नुपर्नेछ र सोको १ प्रति कार्यालयमा पेश गरी आम्दानी जनाउनुपर्छ । यस्तो धरौटी खाताको सञ्चालन कार्यालय प्रमुख र आर्थिक प्रशासन शाखा प्रमुखको संयुक्त दस्तखतबाट हुने व्यवस्था छ ।

 सदर स्याहा भनेको के हो ?
    प्रचलित कानुन बमोजिम धरौटीमा राखिएको रकम राजस्वमा जम्मा गर्नुपर्ने भएमा वा धरौटी फिर्ता लिनुपर्ने व्यक्तिले कानुनले तोकेको समयभित्र धरौटी फिर्ता लिन नआएमा त्यस्तो रकम राजस्वमा जम्मा गर्ने प्रकृयालाई सदर स्याहा भनिन्छ । यस्तो धरौटी रकम राजस्वमा जम्मा गर्ने म्याद तोकिएको भएमा सोही म्यादभित्र र नतोकिएको भएमा राजस्वमा दाखिला गर्ने दायित्व सिर्जना भएको १५ दिनभित्र दाखिला गरिसक्नु पर्नेछ ।

 कस्तो अवस्थामा धरौटी रकम जफत हुन्छ ?
    आर्थिक कार्यविधि ऐन २०६४ अनुसार देहायको अवस्थामा धरौटी रकम जफत हुन सक्ने व्यवस्था गरिएको छ ।
क)    जुन कामका लागि धरौटी राखिएको थियो सो कार्य पूरा नगरेमा,
ख)    धरौटी रकम फिर्ता पाउने व्यक्तिबाट असूल गर्नुपर्ने कुनै सरकारी बाँकी रकम भएमा ।
ग)    धरौटी फिर्ता लिइसक्नुपर्ने म्याद समाप्त भएमा उक्त रकम जफत गरी राजस्वमा जम्मा गरिदिनु पर्दछ ।

प्रश्नः धरौटीको कारोबारको लेखा कसरी राखिन्छ  ?
१)    प्रत्येक कार्यालयले (क) गोस्वरा धरौटी खाता (ख) व्यक्तिगत धरौटी खाता राख्नुपर्छ ।
२)    धरौटी खाताको अलग्गै बैंक नगदी किताब राख्नुपर्छ ।
३)    प्रत्येक वर्षको अन्तमा फिर्ता गर्न बाँकी धरौटीको जिम्मेवारी सार्नुपर्छ ।
४)    प्रत्येक कार्यालयले आफ्नो नाउँमा रहेको धरौटी खाताको मास्केवारी
_    महिना भुक्तानी भएको ७ दिनभित्र 
_    वर्ष भुक्तानी भएपछि वार्षिक आर्थिक विवरण ३५ दिनभित्र तयार गरी कोष तथा लेखा नियन्त्रक कार्यालय, तालुक कार्यालयमा पठाउनु पर्छ । वार्षिक आर्थिक विवरण भने म.ले.नि.का. र म.ले.प.कार्यालयममा समेत पठाउनु पर्छ ।

 धरौटी स्रेस्तामा प्रयोग हुने कागजात तथा फारामहरू के–के हुन् ?
धरौटी स्रेस्तामा निम्न फारामहरू प्रयोगमा आउँछन् ।
क)    गोश्वारा भौचर (म.ले.प.फा.नं.१०)
ख)    गोश्वारा धरौटी खाता (म.ले.प.फा.नं.११०)
ग)    व्यक्तिगत धरौटी खाता (म.ले.प.फा.नं.१७०)
घ)    सहायक खाता (म.ले.प.फा.नं.२२)
ङ)    धरौटीको मास्केवारी (म.ले.प.फा.नं.१९)
च)    बैंक हिसाबको विवरण (म.ले.प.फा.नं.१५)
छ)    धरौटीको वार्षिक आर्थिक विवरण (म.ले.प.फा.नं.१९४)
 


Other Topics

S.N Title Description
1 २०७० सालका नइ प्रकासनका वितरित विभिन्न पुरस्कारहरु
2 भण्डारखाल पर्व
3 मानव अधिकारका पुस्ताहरुको विभाजन
4 नेपालका विशिष्ट पदाधिकारी
5 Career News and Info जेठ २८, २०७४
6 नेपालका उद्योगहरूकाे विभाजन
7 हेल्लो स्वास्थ्य
8 वाणिज्यमा रिफरमिस वा रिफरविस केलाई भनिन्छ ?
9 क्षेत्रफलका आधारमा ६ ठूला/ साना जिल्लाहरू
10 पिसकोर
Please login to view more important topics.