Monday 18th of January 2021
राजस्व प्रशासन परिचय
राजस्व सम्बन्धी योजना, नीति तथा कार्यक्रम तर्जुमा, कार्यान्वयन, अनुगमन तथा मूल्यांकन गर्ने औपचारिक संस्थागत संयन्त्रलाई सामान्य अर्थमा राजस्व प्रशासन भनिन्छ । २००८ सालमा अर्थमन्त्रालयको स्थापना र सर्वप्रथम आय ब्ययको विवरण (बजेट) प्रस्तुत गर्ने कार्यको सुरुवातसँगै विकास भएको राजस्व प्रशासन वर्तमान समयमा पनि अर्थमन्त्रालयलेनै सञ्चालन गरेको छ । जस अन्तर्गत बिभिन्न कार्यालयहरूको व्यवस्था गरिएको छ ।
नेपालमा राजस्व प्रशासनको विकासक्रम
लिच्छिविकालमा भाग, भोग र कर नामक ३ किसिममा करहरू कुथेर, शुल्ली, माप्चोक, लिंगवल नामक संस्थाले उठाउने गर्दथे । यसबाट पनि नेपालको राजस्व प्रशासनको ऐतिहासिक कालखण्डको स्वरूप छर्लङ्ग हुन आउँछ । आधुनिक कर प्रशासनको रूपमा भने २००८ सालमा अर्थ मन्त्रालयको स्थापना पश्चातनै यसको शुरुवात भएको पाइन्छ ।
_ वि.सं. २००८ मा अर्थ मन्त्रालयको स्थापना,
_ वि.सं. २०१४ सालमा Custom Commissioners Office को स्थापना,
_ वि.सं. २०१५ सालमा भन्सार तथा अन्तःशुल्क विभागको स्थापना,
_ वि.सं. २०१६ सालमा आयकर ऐन जारी,
_ वि.सं. २०१७ सालमा व्यापार,मुनाफा र पारिश्रमिक ऐन, २०१७ जारी,
_ वि.सं. २०१७ मा अन्तः शुल्क ऐन लागू,
_ वि.सं. २०१९ मा कर विभागको स्थापना,
_ वि.सं. २०१९ मा भन्सार ऐन, २०१९ र आयकर ऐन, २०१९ जारी,
_ वि.सं. २०२३ मा भन्सार विभाग र अन्तःशुल्क विभागको पृथकिकरण,
_ वि.सं. २०३१ मा नयाँ आयकर ऐन जारी,
_ वि.सं. २०३७ मा राजस्व प्रशासन तालिम केन्द्रको स्थापना,
_ वि.सं. २०५० सालमा अन्तः शुल्क तथा विक्री कर विभागको एकीकरण,
_ वि.सं. २०५० राजस्व अनुसन्धान विभागको स्थापना,
_ वि.सं. २०५२ मा मू.अ.कर ऐन जारी,
_ वि.सं. २०५४ मंसिर १ देखि मू.अ.कर लागू र मू.अ.कर विभागको स्थापना,
_ वि.सं. २०५८ मा आयकर ऐन २०५८ र अन्तःशुल्क ऐन २०५८ जारी,
_ वि.सं. २०६० मा ठूला करदाता कार्यालयको स्थापना,
_ वि.सं. २०६४ मा भन्सार ऐन २०६४ जारी,
_ वि.सं. २०६७ मा काठमाडौं उपत्यकामा १३ र बाहिर १३ गरी २६ सेवा केन्द्र समेतको स्थापना भएको छ ।
राजस्व प्रशासन सम्बन्धमा थप जानकारी
क. राजस्व प्रशासन सम्वन्धी नीतिगत, कानुनी, संगठनात्मक, एवं प्रकृयागत पक्षहरूको केन्द्रीय निकाय अर्थ मन्त्रालय रहेको छ । अर्थ मन्त्रालय राजस्व प्रशासनको केन्द्रीय निकाय पनि हो ।
ख. २०५० सालदेखि राजस्व समूहको गठन गरिएको छ । नेपाल प्रशासन सेवा गठन समूह तथा श्रेणी विभाजन र नियुक्ति नियमहरू २०५० अनुसार
ग. हाल राजस्व समूहमा उपसचिव, शाखा अधिकृत, नायव सुब्बा र खरिदार जस्ता पदहरू समूहकृत गरिएका छन् ।
घ. राजस्व प्रशासन संचालन गर्ने(सेवा संचालन गर्ने) संगठन अर्थ मन्त्रालय रहेको छ ।
राजस्व प्रशासनको वर्तमान संगठनात्मक स्वरूप
राजस्व प्रशासन सञ्चालन गर्ने मुख्य संगठन अर्थ मन्त्रालय हो । यस मन्त्रालय अन्तर्गत हाल निम्न महाशाखा तथा विभागहरू रहेका छन ।
महाशाखाहरू
_ प्रशासन माहाशाखा
_ राजस्व प्रशासन माहाशाखा
_ वैदेशिक सहायता माहाशाखा
_ बजेट तथा कार्यक्रम माहाशाखा
_ संस्थान समन्वय तथा निजीकरण माहाशाखा
_ आर्थिक कार्य तथा नीति विश्लेषण माहाशाखा
_ कानुन महाशाखा
_ अनुगमन तथा मूल्याङ्कन महाशाखा
_ राजस्व परामर्श समिति
विभागहरू
(१) राजस्व अनुसन्धान बिभाग
_ राजस्व अनुसन्धान इकाई कार्यालय, इटहरी
_ राजस्व अनुसन्धान इकाई कार्यालय, पथलैया
_ राजस्व अनुसन्धान इकाई कार्यालय, वुटवल
_ राजस्व अनुसन्धान इकाई कार्यालय, कोहलपुर
यी इकाई कार्यालय अन्तर्गत विर्तामोड, वर्दिवास, नारायणगढ, पोखरा, वर्दघाट, धुलिखेल र थानकोटमा चेकपोष्टहरू छन् ।
(२) भन्सार विभाग
१ त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थल भन्सार कार्यालय, एक सुख्खा वन्दरगाहा भन्सार कार्यालय तथा एक PCA कार्यालय लगायत जम्मा ३१ वटा मुल भन्सार कार्यालय र ती अन्तर्गत १४३ वटा छोटी भन्सार कार्यालय सञ्चालनमा छन् ।
(३) आन्तरिक राजस्व बिभाग
एक ठूला करदाता कार्यालय, २२ वटा आन्तरिक राजस्व कार्यालय र २६ वटा करदाता सेवा कार्यालय छन् ।
(४) महालेखा नियन्त्रक कार्यालय
जस अन्तर्गत ७५ वटै जिल्लामा कोष तथा लेखा नियन्त्रक कार्यालयहरूले समेत राजस्व आर्जन र ब्यबस्थापनमा उल्लेख्य सहयोग पु-याएका छन् ।
S.N | Title | Description |
---|---|---|
1 | स्थानीय अनुकुलन कार्यक्रम संचालित जिल्लाहरु | |
2 | Career News and Info वैशाख २०, २०७४ | |
3 | Career News and Info जेठ ७, २०७४ | |
4 | ग्रेट हिमालयन ट्रेल | |
5 | राजस्व स्रेस्ता/लेखा प्रणाली | |
6 | ३६ औं राष्ट्रिय शिक्षा दिवस | |
7 | मोति पुरस्कार २०७० | |
8 | उत्कृष्ट निवन्ध लेखन पुरस्कार | |
9 | अभिलेख व्यवस्थापन भनेको के हो ? | |
10 | नयाँ नगरपालिका घोषणा | |
Please login to view more important topics. |