Wednesday 3rd of March 2021
निजामती सेवा परिचय:-
'The civil service is a professional body of official's permanent paid and skilled.'
-Herman Finer, 1977
सरकारको प्रशासनिक कार्य गर्नका लागि योग्यताका आधारमा छानिएका कर्मचारीहरुको संगठन नै निजामती सेवा हो । अर्को हिसावले हेर्दा सरकारको राजस्वबाट तलव पाउने , विशिष्ट ज्ञान सीप भएका ,स्थायी प्रकृतिका कर्मचारीहरुको पेशागत समूह नै निजामती सेवा हो । निजामती सेवामा गैर राजनैतिक,गैर सैनिक, विशेषज्ञ कर्मचारी रहेका हुन्छन् । निजामती सेवा सबै सरकारी संगठन मध्येको मियो संगठन हो जसमा योग्यताको आधारमा छानिएका कर्मचारीहरुद्धारा कार्य सम्पादन गरिन्छ । कुनै पनि सेवालाई यो निजामती सेवा हो वा होइन भन्ने छुट्याउनका लागि सो सेवाको स्थायीत्व,कर्मचारी छनौट प्रणाली, योग्यताको आवयश्कता पर्ने नपर्ने , राजनैतिक सिफारिस चल्ने नचल्ने आदि कुराबाट छुट्याउन सकिन्छ ।
नेपालको अन्तरिम संविधान २०६३ को धारा १२६ अनुसार ‘सैनिकअधिकृत जवान र सशस्त्रपहरी वा प्रहरी कर्मचारीको सेवा वा पद तथा निजामती सेवा वा पद होइन भनी ऐनद्वारा तोकिएको अन्य सेवा वा पद बाहेक नेपाल सरकारका अरु सबै सेवा वा पदलाई निजामती सेवा वा पद मानिनेछ ,भनी परिभाषित गरिएको छ ।
यसका विशेषताहरु यस प्रकार छन् ।
१. कानूनी आधार
२. व्यवसायिकता
३. राजनीतिक तटस्थता
४. योग्यता प्रणालीमा आधारित
५. स्थायित्व र सेवाको सुरक्षा
६. गैर सैनिक चरित्र
७. वृत्ति विकासको अवसर
८. कर्मचारी प्रशासनका निश्चितआधार तथा प्रक्रियाको अवलम्वन
निजामती सेवा ऐन २०४९ मा समावेशी व्यवस्था
निजामती सेवालाई समावेशी बनाउन खुल्ला प्रतियोगिताद्वारा पूर्ति हुने पदमध्ये पैतालीस प्रतिशत पद छुट्याई सो प्रतिशतलाई शतप्रतिशत मानी देहायबमोजिमका उमेदवारबीचमा मात्र छुट्टा छुट्टै प्रतिस्पधा गराई पदपूर्ति गरिन्छ ।
सि.नं. | समावेशी | प्रतिशत |
१ | महिला | ३३ प्रतिशत |
२ | आदिवासी/जनजाति | २७ प्रतिशत |
३ | मधेसी | २२ प्रतिशत |
४ | दलित | ९ प्रतिशत |
५ | अपांग | ५ प्रतिशत |
६ | पिछडिएको क्षेत् | ४ प्रतिशत |
निजामती सेवा ऐन,२०४९ अनुसारका निजामती सेवाहरु
निजामती सेवा ऐन, २०४९ को दफा २ को उपदफा (क) अनुसार निजामती सेवा भन्नाले दफा ३ बमोजिम गठित निजामती सेवा सम्झनुपर्दछ । जस अन्र्तगत १० वटा सेवाहरु पर्दछन्, जुन देहाय बमोजिम छन् ।
सि.न | सेवाहरु |
१ | नेपाल आर्थिक योजना तथा तथ्याङ्क सेवा |
२ | नेपाल कृषि सेवा |
३ | नेपाल इन्जिनियरिड्ड सेवा |
४ | नेपाल न्याय सेवा |
५ | नेपाल परराष्ट्र सेवा |
६ | नेपाल प्रशासन सेवा |
७ | नेपाल वन सेवा |
८ | नेपाल लेखा परीक्षण सेवा |
९ | नेपाल शिक्षा सेवा |
१० | नेपाल विविध सेवा |
नेपालको निजामती सेवाका प्रकार र यसका श्रेणीहरु
१ | . नेपाल आर्थिक योजना तथा तथ्याङ्क सेवा |
२ | नेपाल इन्जिनियरिङ सेवा |
३ | नेपाल कृषि सेवा |
४ | नेपाल न्याय सेवा |
५ | नेपाल परराष्ट्र सेवा |
६ | नेपाल प्रशासन सेवा |
७ | नेपाल लेखापरीक्षण सेवा |
८ | नेपाल वन सेवा |
९ | नेपाल विविध सेवा |
१० | नेपाल शिक्षा सेवा |
राजपत्राङ्कित | राजपत्र अनङ्कित | ||
१ | विशिष्ट | १ | प्रथम |
२ | प्रथम | २ | द्वितीय |
३ | द्वितीय | ३ | तृतीय |
४ | तृतीय | ४ | चतुर्थ |
५ | पाँचौ |
New Trends of Civil Service
नेपालमा निजामती सेवाको कानुनी आधार
• समानताको सिद्धान्त
• तटस्थताको सिद्धान्त
• वैधानिकताको सिद्धान्त
• निरन्तरताको सिद्धान्त
• योग्यताको सिद्धान्त
• उत्तरदायित्वको सिद्धान्त
• पारदर्शिताको सिद्धान्त
• प्रतिनिधिमूलक निजामती सेवाको सिद्धान्त
• समावेशिताको सिद्धान्त,
S.N | Title | Description |
---|---|---|
1 | सौर्य आँधी के हो | |
2 | स्थानीय अनुकुलन कार्यक्रम संचालित जिल्लाहरु | |
3 | बन्दी प्रत्यक्षीकरण (Habeas Corpus ) भनेको के हो ? | |
4 | निजामति सेवा दिवस २०७२ | |
5 | भन्सारमा Pyramiding Effect भनेको के हो ? | |
6 | विदेशी लगानीकर्तालाई ५ वर्षे भिषा | |
7 | विश्वका दश ठूला राष्ट्रहरु(क्षेत्रफलको आधरमा) | |
8 | सापेक्ष र निरपेक्ष गरिवी वीचको भिन्नता | |
9 | नेपाल सरकारद्धारा गरीएको मुक्त कमैयाको वर्गीकरण | |
10 | Career News and Info कार्तिक ११, २०७४ | |
Please login to view more important topics. |