Notice

Loksewa Updates

महत्वपूर्ण सामान्य ज्ञान

कार्बन व्यापार भनेको के हो ?

कार्बन व्यापार भन्नाले कार्बनको उत्सर्जन गर्न पाउने कोटाको व्यापार हो । बढी कार्बन उत्सर्जन गर्ने मुलुकले कम कार्बन उत्सर्जन गर्ने मुलुकको कोटा खरिद गरी कार्बन उत्सर्जनको अधिकार प्राप्त गर्दछ । कार्बन खरिदसंग यसको उत्सर्जन गर्न पाउने अधिकारको सिर्जना हुन्छ ।
कम कार्बन उत्पादन गर्ने विकासोन्मुख मुलुकहरुले Carbon Reducing Process मा योगदान पुर्‍याए वापत क्षतीपूर्ती प्राप्त गर्दछन् । कार्बन व्यापारबाट नेपालले पनि यथेष्ट आम्दानी गर्न सक्छ । वन तथा प्राकृतिक सम्पदाको खानीको रुपमा रहेको हुँदा नेपालमा यसको सम्भावना प्रचुर रहेको छ । एकातिर कार्बन घटाउनका लागि सर्वसाधारणमा समेत चेतनाको विकास गराउँछ भने अर्को तिर वन तथा प्राकृतिक स्रोतको संरक्षणमा योगदान पुर्‍याउँछ । नेपाललाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन पनि मद्धत गर्दछ । नेपाल कोष्टारीका पछिको कार्बन व्यापारमा संलग्न हुने दोस्रो राष्ट्र हुने अवसर मिलेको छ । कार्बन घटाउने कार्यलाई प्रोत्साहन दिने राष्ट्रलाई सहयोग गर्ने उद्धेश्यले विश्व बैंकले खडा गरेको कार्बन कोषबाट नेपाललाई तोकिएको रकम सन् २०१५ देखि सन् २०२० सम्म उपलब्ध गराइने छ ।


Other Topics

S.N Title Description
1 गोरखापत्र ११४ औँ वर्षमा
2 नेपालका जलविद्युत आयोजनाहरु
3 Career News and Info असार ५, २०७४
4 आदिवासी जनजाति को हुन् ?
5 विश्वका दश ठूला राष्ट्रहरु(क्षेत्रफलको आधरमा)
6 नेपालमा रहेका वैदेशिक संयुक्त लगानीका बाणिज्य बैंक
7 विस्केट जात्रा
8 कार्वन व्यापार
9 के हो रिपो र रिभर्स रिपो ?
10 Career News and Info कार्तिक ११, २०७४
Please login to view more important topics.