Notice

नेपालको दोस्रो पूर्ण कुम्भ महोत्सब

सुनसरीको बराह क्षेत्रमा पर्ने चतराधाममा गत २०७० चैत्र १७ गतेबाट शुरु भएको पूर्णकुम्भ महोत्सव यसअघि २०५९ सालमा पहिलो पटक मनाइएको थियो । प्रत्येक १२ वर्षमा चैत्र शुक्ल प्रतिपदादेखि एक महिनासम्म यो कुम्भ मेला लाग्ने गर्दछ ।
पौराणिक मान्यताअनुसार परापूर्वकालमा वराहक्षेत्रमा भगवान बराह उत्पन्न भइ पृथ्वीको उद्धार गरेका थिए । अहिले सोही स्थानमा लागेको कुम्भको उद्धेश्य लोक हित रहेको बताइन्छ । कतै शास्त्रीय संगीतको सुमधुर धुन सुन्न सकिन्छ त कतैबाट वेद पाठको सामूहिक आवाज आइरहेको हुन्छ । कतै पौराणिक पाठ रामायण र कथावाचन भइरहेको हुन्छन् । यसै पनि विभिन्न किसिमका यज्ञमण्डप र प्रवचनकक्षले महोत्सवलाई आकर्षक वनाएका छन् । नजिकै वगेको नदी कौशिकी खण्डले त झन भक्तजनको स्वागत नै गरेको जस्तो अनुमूति हुन्छ । यस अघि भारतिय भू भागमा मात्र मनाइदै आएको पूर्ण कुम्भ मेला २०५९ सालदेखि नेपालमा पनि मनाउन थालिएको हो । नेपालमा यस्तो महोत्सव भित्र्याउने श्रेय जगतगुरु मुकुन्दचरण देवाचार्यलाई जान्छ । यो महोत्सब २०७१ वैशाख १५ गते सम्म संचालन भएको थियो ।


Other Topics

S.N Title Description
1 सि.आई.पि सम्मान के हो ?
2 आठौं साफ च्याम्पियनसिप
3 Career News and Info चैत्र ३०, २०७३
4 युसिमास
5 नेपालका राष्ट्रिय पहिचानहरु
6 नेपालमा रेलको इतिहास
7 नेपालसरकारको बजेटकासाथ पेश हुने विधेयकहरु
8 महेन्द्र राजमार्ग निर्माणमा सहयोग गर्ने राष्ट्रहरु
9 के हो मैनबत्ती चित्र विश्लेषण
10 सूचना तथा संचारको हकबीच के फरक छ ?
Please login to view more important topics.