Notice

Loksewa Updates

महत्वपूर्ण सामान्य ज्ञान

विस्केट जात्रा

भक्तपुरमा भैरहेको रथ तानातान गरी मनाइने विस्केट जात्राको शुरुवात जगतज्योती मल्लले गरेको मानिन्छ । नववर्ष भन्दा ४ दिन अघि र ४ दिन पछि गरी ८ रात ९ दिनसम्म यो जात्रा मनाइन्छ । भैरवनाथको रथमा भैरवनाथको मूल देवता र बेताल देवतालाई राखी भक्तपुरको विश्वप्रसिद्ध पाँच तल्लेमन्दिर प्रांगणबाट माथिल्लो र तल्लो क्षेत्रमा रथलाई तानेर लाने परम्परा छ । त्यसपछि पाँच तल्लेको तल्लो र माथिल्लो टोलवासीले रथ तानातान गर्दछन् । विस्केट जात्राका अवसरमा रथलाई टोल–टोलमा पुर्‍याउने चलन रहेको छ । यस जात्राको छैटौं दिन मध्येपुर ठिमीको बोडेमा एक जनाले जिब्रो छेड्ने चलन छ । यस पटक पनि जुजु भाइ वाँस श्रेष्ठले जिब्रो छेड्ने परम्परालाई निरन्तरता दिएका छन् ।


Other Topics

S.N Title Description
1 नयाँ नेपाल निमार्ण कोष स्थापना
2 लेखापरीक्षण
3 लाइन आइटम बजेट (Line Item Budget)
4 Career News and Info असार १२, २०७४
5 बैंक तथा वित्तीय संस्था सम्बन्धी विधेयक पारित
6 प्लाष्टिक झोला व्यवस्थापनमा 5-R
7 Zero. Net Aid (जीरी नेट एड)
8 Career News and Info जेठ १०, २०७४
9 Career News and Info चैत्र २१, २०७३
10 Career News and Info असार ४, २०७४
Please login to view more important topics.