Notice

योजनाबद्ध बिकासको अवधारणा र चालु योजना

मुलुकको समग्र विकासको निमित्त उपलब्ध साधन र स्रोतहरुको परिचालन गरी निश्चित समयमा निश्चित उद्धेश्यहरु हासिल गर्न तयार गरिएका विभिन्न कार्यहरुको व्यवस्थित खाका नै योजना हो ।
योजनाको आवश्यकताहरु यस प्रकार छन् ।
-    गरिवी न्यूनिकरण गर्न
-    आर्थिक वृद्धि हासिल गर्न
-    बेरोजगारी र अर्ध बेरोजगारी अन्त्य गर्न
-    स्रोतको अधिकतम परिचालन गर्न
-    आर्थिक असमानता हटाई सन्तुलित विकास गर्न
-    वैदेशिक सहायताको अधिकतम उपयोग गर्न

तेह्रौं त्रिवर्षीय योजनाका रणनीतिहरु

१. विकास प्रक्रियामा निजी, सरकारी र सहकारी क्षेत्रको योगदान अभिवृद्धि गरी समावेशी, फराकिलो र दिगो आर्थिक वृद्धि गर्ने ।
२. भौतिक पूर्वाधारको विकास गर्ने ।
३. सामाजिक सेवाका क्षेत्रहरुमा पहुँच, उपयोग र गुणस्तर अभिवृद्धि गर्ने ।
४. सार्वजनिक तथा अन्य क्षेत्रहरुमा सुशासन अभिवृद्धि गर्ने ।
५. लक्षितवर्ग, क्षेत्र र समूहको आर्थिक तथा सामाजिक सशक्तिकरणमा अभिवृद्धि गर्ने ।
६. जलवायु परिवर्तनसँग अनुकूलित हुने गरी विकास कार्यक्रमहरु संचालन नगर्ने ।

तेह्रौं त्रिवर्षीय योजनाका प्राथमिकताहरु

१. जलविद्युत तथा अन्य उर्जाको विकास
२. कृषि क्षेत्रको उत्पादकत्व वृद्धि ,विविधिकरण र व्यवसायीकरण
३. आधारभूत शिक्षा तथा स्वास्थ्य, खानेपानी तथा सरसफाई क्षेत्रको विकास
४. सुशासन प्रवद्र्धन
५. सडक तथा अन्य भौतिक पूर्वाधारको विकास
६. पर्यटन, उद्ययोग र व्यवापार क्षेत्रको विकास
७. प्राकृतिक स्रोत र वातावरण संरक्षण


Other Topics

S.N Title Description
1 Career News and Info भाद्र ६, २०७४
2 अन्तरिक्ष यात्री निल आर्मस्ट्रङको निधन
3 आर्थिक कुटनीति भनेको के हो ?
4 Career News and Info असार १५, २०७४
5 Career News and Info २०७५ जेठ १ देखि ३१
6 “म्याराथन टक शो” सम्पन्न
7 “म्याराथन टक शो”
8 नेपालका भारतलाई मात्र छुने जिल्लाहरु
9 Career News and Info श्रावण ३२, २०७४
10 Public Service Card भनेको के हो ?
Please login to view more important topics.